श्रीमानले गोलि प्रहार गरेर गरे श्रीमतिको हत्या,श्रीमानको खोजी कार्य जारी

पछिल्लाे समाचार

१० असोज। सर्लाहिमा गोलि प्रहार गरेर श्रीमानले श्रीमतिको हत्या गरेको घटना बाहिरिएको छ ।जिल्लाको हरिपुर्वा नगरपालिका ५ मा गोली चल्दा एक महिलाको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् । श्रीमान धिरेन्द्र यादवले गोलि प्रहार गर्दा श्रीमती चित्रलेखा यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान करिब पौने २ बजेतिर गोली लागेर हरिपुर्वा नगरपालिका ५ की २३ वर्षीया चित्रलेखा यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।प्रहरीका अनुसार गोली लागेर मृतक चित्रलेखाका ससुरा ५४ वर्षीय  रामदिनेश राय घाइते छन् । उनलाई वायाँ हातमा गोली लागेको छ ।घाईतेको अहिले प्रादेशिक अस्पताल मलगवामा उपचार भईरहेको छ ।यता प्रहरिले सिमानाकामा कडा निगरानी गर्दै अभियुक्तको खोजी कार्यलाई तिब्र बनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय