०९ सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ जीतपुर बजार स्थित गौशालामा अतिक्रमण गरि बनाईएको संरचना हटाउने कार्यको रिपोर्टिङका लागि पुगेका पत्रकार रन्जन यादव प्रति अभद्र व्यवहार भएको प्रति नेपाल पत्रकार महासंघ बारा शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका -७ का वडाध्यक्ष सुनिल कुमार गुप्ताले समाचार संकलनमा गएका पत्रकार रन्जन यादव प्रति दुव्र्यवहार गरेको तथा पत्रकार यादवको मोबाईल समेत खोसेर दुव्र्यवहार गरिएको भन्दै त्यसको विरोध नेपाल पत्रकार महासंघ बारा शाखाले गरेको छ । महासंघका बारा शाखा अध्यक्ष रेशम तिवारीले विज्ञप्ती मार्फत यादवप्रती भएको दुव्र्यवहारको विरोध गरेका छन् ।पत्रकार यादवको मोबाईल सुरक्षाकर्मीको रोहवरमा खोसिएको र पत्रकार यादवलाई वडाध्यक्ष गुप्ता धम्क्याउने प्रयाश गरेको बिज्ञयप्तिमा उल्लेख गरिएको छ ।
नागरिकलाई सुसूचित गर्ने कर्म निर्वाहमा जुटेका पत्रकारमाथि वडाध्यक्षले गरेको यो व्यवहारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको महासंघको ठहर छ ।नेपाल पत्रकार महासंघ बाराले घटनामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा विशेष ध्यान दिन स्थानीय प्रशासनको गम्भीर ध्यानाकर्षण गराएको छ।पत्रकार रन्जन यादव नेपाल पत्रकार महासंघ बाराको सह-सचिव पनि हुन ।उनी बारा खबर डट कमका संचालक समेत हुन।