१८ मंसिर ।बारा : नेपाल सरकारको उप-प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले विश्व प्रसिद्ध गढीमाई मेलाको अवलोकन तथा निरिक्षण गरेका छन ।मंगलबार दिउसो १२ बजे शहरी बिकाश मन्त्री सिंह बाराको महागढीमाई नगरपालिकाको बरियारपुर पुगेर गढीमाई दर्शन गर्नुको साथ साथै मेलाको अवलोकन तथा निरिक्षण गरेका हुन । प्रत्येक पाँच पाँच बर्षमा लाग्ने विश्व प्रसिद्ध गढीमाई मेला मंसिर ०१ गते देखि सुरु भएको छ भने मुल पूजा सोमबार उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्घाटन गरे संगै सुरु भएको छ ।
विश्व प्रसिद्ध गढीमाई मेला दर्शन तथा अवलोकन गर्न पुगेका शहरी बिकाश मन्त्री प्रकाशमान सिंहले गढीमाई मेलाले बिश्वमै नेपालको एउटा ठूलो पहिचान बनाएको बताए ।उनले भने´गढीमाई दर्शन गर्न आउँदा मनोकामना र आफुले मागेको कुरा पूरा हुन भएकोले आफुले दर्शन गर्न पाउँदा निकै खुशी महसुस गरेको छु ।बाराको विश्व प्रसिद्ध गढीमाई मन्दिरबाट अब नेपालको चर्चा बिदेशमा पनि भइरहेको संघीय सरकारको शहरी बिकास मन्त्री प्रकाशमान सिंहले मेला अवलोकन तथा निरिक्षण गर्ने क्रममा बताए ।
विश्व प्रसिद्ध गढीमाई मेला बिश्वमै पशु बलिको लागि प्रख्यात मेला हो यहाँ नेपाल,भारत लगाएत विभिन्न देश बाट दर्शनार्थीहरु दर्शन गर्न आउने गरेको छ ।यस बर्षको गढीमाई मेलामा मंसिर २३ र २४ गते पशु बलि दिइने कार्यक्रम तय भएको छ ।अहिले विश्व प्रसिद्ध गढीमाई मेला अवलोकन गर्न आउने दर्शनार्थीहरुको घुइँचो लाग्न सुरु भएको मेला मुल ब्यवस्थापन समितिले जनाएको छ ।
गढीमाई मेलाको अवलोकन तथा निरिक्षण गर्न आएका शहरी बिकाश मन्त्री प्रकाशमान सिंहलाई गढीमाई मेला मुल ब्यवस्थापन समितिका अध्यक्ष एवं महागढीमाई नगरपालिकाको नगरप्रमुख उपेन्द्र प्रसाद यादवले मेलाको ब्यवस्थापन र आवश्यक समाग्री बारे मन्त्रीलाई जानकारी गराए ।नगरप्रमुख यादवले भने´गढीमाई मेलालाई भब्य र सभ्य बनाउनको लागि केन्द्र देखि लिएर प्रदेशका मन्त्रीहरुले आएर अवलोकन तथा निरीक्षण गर्नु हामी बारा बासिको लागि गर्वको कुरा रहेको बताए ।