१८ मंसिर ।बारा : नेपाल अपाङ्ग संघ बाराको कार्यालय परिषरमा २ तलाको लिफ्ट सहितको अपाङ्गतामौत्री भवन बन्ने भएको छ । अपांग मैत्री उक्त भवनको २०८१ साल फाल्गुन महीनामा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित निर्माण गर्न लागिएको छ । अपाङ्ग मैत्री भवनको एमालेका पोल्युट ब्युरो सदस्य पुरुशोत्तम पौडेलले एक कार्यक्रमका बिच शिलान्यास गरेका छन् ।
साथी नेपालको सहयोग एवं चाईल्ड रेस्क्यु नेपालको आर्थिक सहयोगमा २ कोठे २ तल्ले भवन निर्माण हुने भएको छ ।नेपाल अपाङ्ग संघ बाराको कार्यालयमा रहेका अपाङ्ग बालबालिकालाई पठनपाठन धेरै सहयोग पुग्ने अपेक्षा गरिएको छ ।३० लाखको लागतमा निर्माण हुने अपाङ्गमैत्री भवनमा लिफ्टको समेत ब्यवस्थापन गरिने छ ।
३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवस पारेर अपाङ्ग मैत्री भवनको शिलान्यास गरिएको नेपाल अपाङ्ग संघ बाराका अध्यक्ष गंगा वाग्लेले बताए ।२ कोठे भवन निर्माण भए संगै अपाङ्ग संघको कार्यालयमा रहेका बालबालिकाको पठनपाठन धेरै राहत मिल्ने समेत उनले बताए ।अपाङ्गता मैत्री भवन शिलान्यास कार्यक्रममा बोल्दै नेकपा एमालेका पोल्युट ब्युरो सदस्य पुरुसोत्तम पौडेलले जिल्ला अपाङ्ग संघका कार्यलयमा ठप्प २ कोठे भवन बनेपछि अपाङ्गता भएका बालबालिकाले सुरक्षित वातावरणमा शिक्षा हासिल गर्न पाउने बताए ।
शिक्षामा सबैको सम्मान पहुच पुर्याउनको लागि साथी नेपाल संस्थाको सहयोगमा अपाङ्गमैत्री भवन शिलान्याश गर्न पाउँदा आफू निकै खुशी महसुस गरेको उनले बताए ।साथी नेपाल संस्थाले जिल्ला अपाङ्ग संघ बाराको अनुरोधमा २ कोठे भवन निर्माण गर्नमा सहयोग गरेको साथी नेपाल संस्थाकि अध्यक्ष सरिता सापकोटाले बताईन ।उनले भनिन´२ कोठे भवनले जिल्ला अपाङ्ग संघ बारामा रहेका अपाङ्ग बालबालिकालाई धेरै राहत मिल्ने छ ।
अपाङ्तामैत्री भवन शिलान्यास कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख भोला प्रसाद अधिकारीले अपाङ्ग बालबालिकालाई समेत एकै नाशले हेर्ने दृष्टिकोण बनाउने गरि उपमहानगर काम गरिरहेको बताए ।आफू शारिरिक रुपमा अपाङ्ग भएकोले अपाङ्गता भएको ब्यक्तिको समस्या धेरै नजिक बाट नियालेकोले अपाङ्गता भएका ब्यक्तिहरुको हकहितको लागि उपमहानगरले बजेटको नै ब्यवस्थापन गर्दिएको समेत उनले कार्यक्रममा सुनाए ।उक्त शिलान्याश कार्यक्रममा संविधान सभा सदस्य जयराम दाहाल, पूर्व प्रदेश सभा सदस्य शोभा लामा,जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेल ,नेकपा एमालेका मधेश प्रदेश सचिव मनोज पौडेल लगाएत अपाङ्गता भएका ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।
जनजागृती युवा क्लब द्वारा शैक्षिक सामाग्री बितरण
३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस देशभरी विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ ।समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रबल नेतृत्व यसको आधार’ भन्ने मुल नाराका साथ बारामा पनि ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ ।
अपाङ्गता दिवसको अवसर पारेर जनजागृती युवा क्लब सिमराले श्रोत कक्षा संचालन भईरहेको जीतपुरसिमरा उपमहानगरपालिकाको विद्यालयहरुमा शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।जनजागृती क्लब सिमराले जनता माबी रजघट्टा, नेपाल राष्ट्रिय माबी सिमरा ,नेपाल राष्ट्रिय माबी डुमरवाना र दुर्गा माबीमा शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।अपाङ्गता मैत्री भवन शिलान्यास कार्यक्रममै नै उक्त क्लबले शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो।
जीतपुरसिमरा उपमहानगर द्वारा ६५ थान अपाङ्गता सहायक सामाग्री बितरण
यता जीतपुरसिमरा उपमहानगरपालिकाले पनि ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर अपाङ्गता भएका ब्यक्तिहरुलाई आवश्यक पर्ने सामाग्री बितरण गरेको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाले अपाङ्गता भएका ब्यक्तिहरुले नै माग गरे अनुसार केही सामाग्री बितरण गरेको जीतपुरसिमरा उपमहानगरपालिकाको उपप्रमुख भोला प्रसाद अधिकारीले बताए ।
जीतपुरसिमरा उपमहानगरपालिकाले २५ थान ह्विल चेयर ,ट्राई साईकल १३ थान ,सेतो छडी १५ थान ,हियरिङ हेडसेट ५ थान ,वाल्कर ३ थान गरि ६५ थान अपाङ्गता सहायक सामाग्री बितरण गरेको उपप्रमुख अधिकारीले बताए ।