रमेश बुढाथोकीको आर्थिक सहयोगमा जीतपुरका अति विपन्न परिवारलाई कम्बल बितरण

पछिल्लाे समाचार

१४ पौष ।सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा न ७ जीतपुरका अति विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ ।रमेश बुढाथोकीको आर्थिक सहयोगमा जीतपुरका २१ जना अति विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ ।हाल वैदेशिक रोजगारीको सिलसिलामा अस्ट्रेलियामा रहेका रमेश बुढाथोकीले आफ्नै वडाका अति विपन्न परिवारलाई चिसो बाट बच्नको लागि कम्बल वितरण गर्नुभएको छ ।

रमेश बुढाथोकीको सानि आमा भगवती बस्नेतले आफ्नै निजि निवासमा अति विपन्न २१ जनाको परिवारलाई कम्बल वितरण गर्नुभएको छ।मधेशमा चिसो बढन सुरु भएको बेला कसैले चिसो बाट अनाहकमा ज्यान नगुमावस भन्ने उदेश्यले अति विपन्न परिवारलाई कम्बल वितरण गरिएको रमेश बुढाथोकीको भाइ प्रदीप बस्नेतले बताउनु भयो।दाईले अस्ट्रेलिया बाट पठाएको रकमले अति विपन्न परिवारको लागि कम्बल किनेर हामिले वितरण गरेका छौँ उहाँले बताउनु भयो ।

चिसोमा अति विपन्न परिवारलाई न्यानो कपडाको अभाव भएको कारणले गर्दा दाईको सहयोगमा हामिले अति विपन्न परिवारलाई थोरै भए पनि कम्बल वितरण गरेका छौ रमेश बुढाथोकीको भाइ प्रदीप बस्नेतले बताउनु भयो ।कम्बल पाए पछि अति विपन्न परिवारहरुको मुखमा खुशी छाएको थियो ।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय