किसानलाई अनुदानमा विषादी छर्ने स्प्रे ट्याङ्की वितरण गर्दै परवानीपुर गाउँपालिका

पछिल्लाे समाचार

१९ फाल्गुन, कलैया । बाराको परवानीपुर गाउँपालिकाले किसानलाई विषादी छर्ने स्प्रे ट्याङ्की अनुदानमा वितरण गरेको छ । खाद्यान्न, तरकारी, फलफूल बालीमा विषादी, मल लगायत सुक्ष्मतत्व छर्न प्रयोग हुने १६ लिटर क्षमताको स्प्रे ट्याङ्की वितरण गरेको हो । गाउँपालिकाको ५० प्रतिशत अनुदान रहेको स्प्रे ट्याङ्की लिन किसानले ५० प्रतिशत अर्थात् २२ सय ४० रुपैयाँ तिरेका छन् ।परवानीपुर गाउँपालिकाको ५ वटै वडाका करिब २२३ किसानलाई स्प्रे ट्याङ्की वितरण गर्ने लक्ष्य रहेको परवानीपुर गाउँपालिकाको कृषि शाखा अधिकृत रामबहादुर कुशवाहाले जनाएको छ । गाउँपालिकाले एक महिना अवधिको समय राखेर सुचना प्रकासन गरी स्प्रे ट्याङ्की लिन चाहने किसानको आवेदन संकलन गरेको थियो ।

सोही अवधिमा आवेदन दिएका मध्ये अहिलेसम्म करिब एक सय ७ जना भन्दाबढी किसानलाई स्प्रे ट्याङ्की वितरण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख कुशवाहाले जानकारी दिए । किसानको खेतबारीमा लगाइएको बालीनालीमा लाग्ने हानिकारक रोग किराको नियन्त्रण गर्न तथा सूक्ष्मतत्त्व राम्रोसँग छरी उत्पादन बढाउन किसानलाई स्प्रे ट्याङ्की वितरण गरिएको परवानीपुर गाउँपालिकाको अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले बताए ।आवेदन दिएर स्प्रे ट्यांकी माग गरेका मध्ये अति बिपन्न,एकल ,गरिब र दलित किसानलाई स्प्रे ट्याङ्की उपलब्ध गराईने गाउँपालिकाले जनाएको छ ।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय