करैयामाई गाउँपालिकामा गाई भैंसी भ्याक्सिनेशन कार्यक्रम सुरु

पछिल्लाे समाचार

२२ फाल्गुन,कलैया । करैयामाई गाउँपालिकामा गाई र भैंसीमा देखिने विभिन्न संक्रामक रोगहरूबाट बचाउन भ्याक्सिनेशन कार्यक्रम सुरु गरिएको छ। कृषि तथा पशु शाखाको आयोजनामा सुरु भएको यो कार्यक्रम अन्तर्गत गाउँपालिकाका सबै वडामा भ्याक्सिन वितरण तथा खोप अभियान सञ्चालन गरिनेछ। करैयामाई गाउँपालिकाको वडा न १ का वडाध्यक्ष सोनालाल साहले उद्घाटन गर्नु भएको यस कार्यक्रममा गाई र भैंसीमा देखिने खोरिया, गलघोटु, एफ.एम.डी. लगायतका रोगविरुद्धका खोपहरू प्रदान गरिनेछ्। कार्यक्रमलाई प्रभावकारी बनाउन पशु स्वास्थ्य प्राविधिक तथा स्वयंसेवकहरूको टोली समेत परिचालन गरिएको छ।

गाउँपालिकाका पशुपालकहरूलाई आफ्ना गाई र भैंसीहरूको समयमै भ्याक्सिन गराउन आग्रह गर्दै वडाध्यक्ष साहले पशुधनको सुरक्षा र उत्पादकत्व वृद्धि गर्न यस अभियानले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभएको छ । यसैगरी, भ्याक्सिनेशन कार्यक्रमबाट करिब गाई र भैंसी लाभान्वित हुने अपेक्षा गरिएको छ । स्थानीय किसानहरूले पनि यस कदमलाई स्वागत गर्दै पशुधनको स्वास्थ्य सुधारका लागि यस्तो कार्यक्रम निरन्तर भइरहनुपर्ने आवश्यकतामा जोड दिएका छन्।

कार्यक्रम केही दिनसम्म जारी रहनेछ।बुधवार बाट सुरु भएको भ्याक्सिनेशन कार्यक्रम ८ वटै वडामा चैत ८ गते सम्म संचालन हुने करैयामाई गाउँपालिकाको पशु शाखा प्रमुख दिनेश प्रसाद साहले जानकारी दिनुभएको छ ।गाई,भैंसी,बाख्राहरूको भाक्सिनेशन अभियान अन्तर्गत पहिलो दिन वडा न १ को मधुवनमा पिपिआर रोग बिरुद्धको खोप ४ सय वटा बाख्रामा र खोरेट रोग बिरुद्धको खोप १ सय ५० वटा गाई,भैंसीमा लगाईएको पशु शाखा प्रमुख साहले जानकारी दिनुभयो ।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय