गाडीमा फल्स बटम बनाई लागूऔषधको ओसारपसारमा संलग्न ४ जना पक्राउ

पछिल्लाे समाचार

११ श्रावन, काठमाण्डौ : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ हेवी चोकबाट सशस्त्र प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत घर बताउने ४३ वर्षीय शेख सपुर, १९ वर्षीय निसाव आलम, २५ वर्षीय ओसिम अहमद र २४ वर्षीय शेख गजुर रहेका सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

भारतको सुगौलीबाट पर्साको वीरगञ्ज हुँदै काठमाण्डौका लागि छुटेको बीआर ०५ पीए ९०९३ नम्बरको भारतीय गाडीको तीन वटा ढोकामा फल्स बटम बनाई लागूऔषध ल्याउँदै गरेको अवस्थामा हिजो बेलुका सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस कुलेखानीबाट खटिएको टोलीले गाडीसहित उनीहरुलाई समातेको हो ।शेख गजुर गाडीका चालक रहेका छन् । गाडीसहित पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय भिमफेदीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय