अमलेखगञ्ज बाट २ सय ३६ किलो गाँजा बरामद

पछिल्लाे समाचार

०६ असोज,सिमरा : बारा प्रहरीले ठूलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ ।जितपुरसिमरा उपमहानगरपालिका–२१, अमलेखगंजस्थित इलाका प्रहरी कार्यालय (इप्रका) अगाडिको चेकपोष्टमा सोमबार दिउँसो चेकजाँच गर्ने क्रममा बा २ ख ९५६९ नम्बरको मिनिट्रकबाट २८ पोका गाँजा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मकवानपुरबाट वीरगन्जतर्फ आउँदै गरेको सो मिनिट्रकको छतमाथि फल्स बटम बनाई त्रिपालले छोपेर लुकाइएका अवस्थामा २३६.७५० किलोग्राम गाँजा बरामद गरिएको हो। बरामद गाँजा प्लास्टिकमा प्याक गरी राखिएको थियो।सोही क्रममा मिनिट्रक चालक मकवानपुर कैलाश गाउँपालिका–१० का ३८ वर्षीय रमेश रुम्बालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। बरामद गरिएको गाँजा, मिनिट्रकसहित चालकलाई नियन्त्रणमा लिएर इप्रका अमलेखगंजमा राखिएको छ।घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमरा बाराबाट प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशीको कमाण्डमा टोली खटाइएको छ।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय