बारामा चट्याङ लागेर एक जना किसानको मृत्यु

पछिल्लाे समाचार

बैशाख ०५ बारा :खेतमा काम गरिरहेका एक पुरुषको चट्याङ लागेर मृत्यु भएको छ। जिल्लाको कोल्हवी नगरपालिका–५ सोनाभारका ३२ वर्षीय लुटावन चौधरीको शनिवार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्रहरीका अनुसार ठूलो हावाहुरीसहित आएको वर्षाका क्रममा छठिघाट नजिकको खेतमा काम गरिरहेका बेला चौधरीलाई चट्याङ लागेको हो। चट्याङ लागेपछि उनी खेतमै ढलेका थिए।


घटनास्थलमै गम्भीर घाइते भएका चौधरीलाई सँगै रहेका स्थानीयले तत्कालै घरतर्फ लगेका थिए। तर घर पुर्‍याउँदा उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता बिजयराज पण्डितका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। मृतक चौधरीका श्रीमती र दुई छोरा रहेका छन्। घटनापछि स्थानीय क्षेत्रमा शोकको माहोल छ।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय