निर्माणाधीन पुलमा डुबेर दुई बालिकाको मृत्यु

पछिल्लाे समाचार

साउन १२ ,सिमरा । पर्साको वीरगञ्ज महानगरपालिका–२६ स्थित निर्माणाधीन पुलभित्र डुबेर दुई बालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार डुबेर मृत्यु हुनेमा स्थानीय तीन वर्षीया र पाँच वर्षीया दुई बालिका रहेका छन्। उहाँका अनुसार दुवै बालिका सोमबार अभिभावकसँग खेतमा गएका थिए। त्यसपछि उनीहरू सम्पर्कविहीन भएपछि अभिभावकले प्रहरीमा खोजतलासका लागि निवेदन दिएका थिए।

सूचना प्राप्त भएपछि घटनास्थल पुगेको प्रहरी टोलीले निर्माणाधीन पुलभित्र डुबेको अवस्थामा दुवै बालिकाको शव फेला पारेको हो। शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मल्लले बताउनुभएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय