हेल्पडेस्कबाट मास्क बितरण

पछिल्लाे समाचार

      हेटौंडा–मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाको सहकार्यमा गठन गरिएको कोभिड हेल्पडेस्क मकवानपुरले मंगलबार हेटौंडा बजार क्षेत्रका दुई स्थानबाट निःशुल्क मास्क बितरण गरिएको छ । शीतलमहल चोक र मउवा संघ चोकबाट ९ सय ५० थान मास्क बितरण गरिएको हो । पल्पसा आइसोलेसन सेन्टरबाट मंगलबार संक्रमणमुक्त दुई जनालाई विदाइ गरिएको छ । पल्पसा आइसोलेसन सेन्टर संयोजक भुवनलाल श्रेष्ठ, हेल्पडेस्क सदस्य कुमार पौडेल, मउवा संघ सल्लाहकार आनन्दराम पराजुली र विशेष आमन्त्रित सदस्य भुपेन्द्र अधिकारीले उनीहरुलाई विदाइ गरेका हुन् ।
     कोभिड हेल्पडेस्क मकवानपुरबाट मंगलबार एक सिलिण्डर अक्सिजन सहयोग गरिएको छ । हटियाका एक जना बिरामीका लागि उक्त अक्सिजन सहयोग गरिएको हो । कोभिड हेल्पडेस्कलाई सहयोग प्राप्त भएको छ । मकवानपुर उद्योग वाणिज्य संघ कोषाध्यक्ष अनिल ग्रवालबाट सहयोग भएको हो । उनले पल्पसा आइसोलेसन सेन्टरमा कार्यरत् स्वास्थ्यकर्मी, कामदार, कर्मचारी र व्यवस्थापनमा खट्ने पदाधिकारीहरुका लागि जेरी र हलुवास्वारीको व्यवस्था गरेका थिए । 
     पल्पसा आइसोलेसन सेन्टरलाई व्यवस्थितरुपमा सञ्चालन गर्न मउवा संघबाट एक जना पदाधिकारीको संयोजनमा दुई जना कार्यसमिति सदस्यहरु दैनिकरुपमा स्वयम्सेवी हिसाबले खट्ने व्यवस्था गरिएको छ । मंगलबार संघ कोषाध्यक्ष अग्रवालको संयोजन थियो ।
spot_imgspot_img
spot_img

लोकप्रिय