डेढ महिनामा ५ पुस्तकालय

पछिल्लाे समाचार

हेटौंडा–मकवानपुरमा पुस्तकालय अभियान समूहले डेढ महिना अवधिमा ५ वटा पुस्तकालय स्थापनामा सहयोग गरेको छ । जेठ २९ गते हेटौंडा–९ मा समृद्ध पुस्तकालय स्थापनामा सहयोग गरेको पुस्तकालय अभियान समूहकै सहयोगमा हेटौंडा–६ मा शान्ति पुस्तकालय, बकैया गाउँपालिकामा बकैया सार्वजनिक पुस्तकालय, भीमफेदी गाउँपालिकामा ज्योति पुस्तकालय स्थापना भइसकेको छ ।

मनहरी गाउँपालिका–७ मा शनिबार पुस्तकालय स्थापना भएको हो । पालिका अध्यक्ष एकराज उप्रेतीले पुस्तकालय उद्घाटन गरेका हुन् । पुस्तकालय अभियान समूह मकवानपुरले ५० हजार बराबरका पुस्तक सहयोग गरेको छ भने पालिका अध्यक्ष उप्रेतीले पुस्तकालयका लागि पालिकाबाट ५० हजार उपलब्ध गराइने बताए । उनले आवश्यक अन्य सहयोगका लागि प्रतिवद्धता पनि जनाए । उनले पुस्तकालयलाई वडास्तरमा स्थापना गरिने बताए ।

वडा अध्यक्ष ठाकुर तितुङले पुस्तकालय स्थापना कार्य उदाहरणीय भएको उल्लेख गर्दैै व्यक्तिगत् र वडा कार्यालयका तर्फबाट सहयोग गरिने भन्दै पुस्तकालयका लागि ५ हजार सहयोग गरे ।
पुस्तकालय अभियान समूहका सदस्य एवम् पत्रकार प्रताप बिष्टले सचेत नागरिक निर्माण गर्न, सभ्य समाज निर्माण गर्न पुस्तकालयको आवश्यकता औल्याए । समाजमा अपराध न्यूनीकरण गर्न पनि पुस्तकालय उपयोगी हुने उनको भनाइ थियो ।

नेकपा माओवादीका नेता वनस्तम थिङले पुस्तकालय समुदायका लागि उपयोगी भएको बताए । उनले पुस्तकालयको उपयोग बढाउँदै सचेत र सक्षम नागरिक तयार पार्नुपर्ने बताए । रोटरी माविका प्रधानाध्यापक गोबिन्दप्रसाद पौडेलले पुस्तकालय स्थापना गर्ने लामो समयदेखिको प्रयास सफल भएको बताए । पौडेलले पुस्तकालयको उचित व्यवस्थापन र सञ्चालनमा आफूले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । पुस्तकालय अभियान समूह सदस्य नरेन्द्र भण्डारीले समुदाायस्तरमा सञ्चालन तथा व्यवस्थापन गर्ने गरी पुस्तकालय स्थापना गरिएको जानकारी गराउँदै पुस्तकालय नियमित सञ्चालन तथा व्यवस्थापनमा स्थानीय पालिकाले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय