‘‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन’’ सम्बन्धि अन्तरक्रिया

पछिल्लाे समाचार


०८ पुष सर्लाही ।। सर्लाहीको मलंगवामा ‘‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन’’ विषयक जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यलय बर्दिवासको आयोजनमा सदरमुकाम मलंगवा स्थित जानकी पार्टी पैलेसमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयूक्त जय बहादुर चन्दको विशेष उपस्थितिमा अख्तियार आयोगको काम, कर्तव्य र अधिकार संगै जिल्लाबाट अख्तियारमा परेका उजुरीको संख्या, कुन पालिकाबाट कति, कुन कुन शिर्षकका उजुरी लगायतका तथ्यांकहरु प्रस्तुत गरिएको थियो ।

ट्रान्सपरेन्सी ईन्टरनेशनलले निकाल्ने प्रतिवेदनमा नेपालमा भ्रष्टाचारको तथ्यांकको बारेमा जानकारी संगै भ्रष्टाचार भित्र पर्ने विभिन्न सुचकहरुको बारेमा समेत जानकारी गराईएको थियो ।
भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन गर्ने कार्यक्रममा विभिन्न पालिकाका सहभागिताहरुले आ–आफनो जिज्ञासा र गुनासो राख्दै अख्तियारलाई सुभाव समेत दिएका थिए ।

कार्यक्रममा सर्लाहीका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडा, जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी, जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रमुख एसपि कृष्ण प्रसाई, सशस्त्र प्रहरीका जिल्ला प्रमुख भरत खनिया, लगायत जिल्लाका २० वटै पालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृत लगायत कर्मचारीहरुको उल्लेखनिय सहभागिता रहेको आयोजकले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय