कार्तिक १६ काठमाडौँ। आजदेखि सरकारी कार्यालय अपराह्न ४ बजेसम्म मात्रै खुल्नेछन्।कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ। अन्य समयमा भने बेलुकी ५ बजेसम्म कार्यालय समय रहँदै आएको छ। जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोकेको छ। ३ महिनापछि भने अन्य समयमा भने सरकारले कार्यालय समय ७ घण्टा तोकेको छ। शुक्रबारको दिन भने दिउँसो ३ बजेको समय यथावत् रहनेछ।

