रसायनिक मल कम आयात भएपछि ,कोटा प्रणलीमा वितरण ।

पछिल्लाे समाचार

विरगंज । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले पर्साका लागि वितरण गर्दै आएको रासायनिक मल स्थानीय निकायलाई कोटाअनुसार वितरण गर्ने भएको छ । रासायनिक मल आयात कम हुन थालेपछि वितरणलाई सहज बनाउन कोटा प्रणाली लागू गर्न लागेको बताइएको छ ।

स्थानीय तहमा गरिने खेती तथा खेतीयोग्य जग्गाका आधारमा कृषि ज्ञान केन्द्रले रासायनिक मलको कोटा निर्धारण गरेको र सोहीअनुरूप स्थानीय तहको सिफारिसमा रासायनिक मल वितरण हुने गरेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका प्रादेशिक प्रबन्धक गोरखनाथ केसीले बताउनुभयो ।

किसान मलका लागि भौँतारिरहेको अवस्थामा रासायनिक मलको प्रमुख आयातकर्ता कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले पर्साका किसानका लागि दुई÷तीन दिनभित्र कोटाअनुसार मल वितरण गर्ने भएको हो । पर्साका १४ वटै स्थानीय तहलाई कार्यालयबाट दिने रासायनिक मलको कोटा निर्धारण गरिएको र स्थानीय तहको सिफारिसका आधारमा तोकिएको परिमाणमा मल वितरण गरिने प्रबन्धक केसीले बताउनुभयो । कृषि ज्ञान केन्द्रले निर्धारण गरेको कोटाका आधारमा सम्बन्धित निकायमा पत्राचार गरिसकिएको उहाँले जानकारी दिनुभयो ।

हाललाई युरिया मल वितरणका लागि वीरगञ्ज महानगरपालिकामा ३४ सय ३६ बोरा, पर्सागढी नगरपालिकामा १६ सय ६४ बोरा, पोखरिया नगरपालिकामा १३ सय ४४ बोरा, जगरनाथपुर गाउँपालिकामा १६ सय ६४ बोरा, जिराभवानी गाँउपालिकामा १४ सय २८ बोरा, पटेर्वा सुगौली गाउँपालिका एक हजार बोरा कोटा निर्धारण गरिएको छ ।

त्यस्तैगरी, बहुदरमाई नगरपालिकामा १६ सय २० बोरा, सखुवा प्रसौनीमा १७ सय १४, धोबिनी गाउँपालिकामा १४ सय बोरा, छिपहरमाई गाउँपालिकामा एक हजार ८८ बोरा, पकाहा मैनपुर गाउँपालिकामा ८२० बोरा र कालिकामाई गाउँपालिकामा ७७२ बोरा कोटा निर्धारण गरिएको छ ।

स्थानीय तहमा गरिने खेती तथा खेतियोग्य जग्गाका आधारमा कोटा निर्धारण गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख मुनिलालप्रसाद साहले बताउनुभयो । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी श्यामकिशोरप्रसाद कुर्मीका अनुसार यस वर्ष पर्सा जिल्लाका लागि ७४ सय ३० मेट्रिक टन रासायनिक मल वितरण गर्ने कोटा छुट्ट्याइएको छ । गत वर्ष १५ हजार ५३७ दशमलव १४ मेट्रिक टन रासायनिक मल खपत भएको यस वर्ष कम परिमाण कोटा निर्धारण गरिएकाले वितरणमा समस्या आउने बताउनुहुन्छ ।

भारतमा पनि मलको हाहाकार रहेकाले पर्साका किसान जो खुला सीमानाका भएकाले भारतीय रासायनिक मल खरिद गरेर खेती गर्दै आएका थिए । ती सबै किसान अहिले मल किन्न आउने गरेकाले माग अझै बढेको उहाँ बताउनुहुन्छ । यस आर्थिक वर्षका लागि पर्सामा चार हजार ४०४ मेट्रिक टन युरिया, २५ सय ६९ मेट्रिक टन डीएपी, ३६७ मेट्रिक टन पोटास गरी सात हजार ३४० मेट्रिक टन रासायनिक मलको कोटा प्रदेशले निर्धारण गरेर पठाएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी कुर्मीले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्ष २०७७र७८ मा छ हजार ६६८ दशमलव ०३ मेट्रिक टन युरिया, आठ हजार ३६८ दशमलव ०६ डीएपी र पाँच सय २१ दशमलव ०५ गरी १५ हजार ५३७ दशमलव १४ मेट्रिक टन रासायनिक मल खपत भएको थियो ।

कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका प्रादेशिक प्रबन्धक केसीले वीरगञ्जमा हाल तीन सय मेट्रिक टन डीएपी, २५ सय मेट्रिक टन युरिया मौज्दात रहेको र रक्सौल रेल्वे यार्ड र सुक्खा बन्दरगाहमा गरी पाँच हजार मेट्रिक टन युरिया मल रहेकाले धमाधम गोदाममा ल्याउने काम भइरहेको बताउनुभयो । अन्य पाँच हजार मेट्रिक टन बोकेका ट्रेन बाटोमा रहेको र तीन÷चार दिनमा वीरगञ्ज आइपुग्ने उहाँले बताउनुभयो । वीरगञ्ज कार्यालयबाट मुलुकको १५ जिल्लामा विभिन्न कार्यालयमा मल पठाइने गरेको प्रादेशिक प्रबन्धक केसीले बताउनुभयो । यो समाचार गोरखापत्र अनलाईनमा बिरगंज बाट दिपक प्रसाद गौतमले लेख्नुभएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय