पछिल्लाे समाचार

१४ चैत,सिमरा : ‘ए’ डिभिजन डर्बीमा सातदोबाटो युथ क्लबलाई पन्छाउँदै हिमालयन शेर्पा क्लब बाराको सिमरा रंगशालामा जारी १३ औं जगदम्बा जीतपुरसिमरा गोल्ड कपको सेमिफइनलमा प्रवेश गरेको छ ।पहिलो हाफमा बनाएको अग्रता जोगाउँन नसक्दा चालु सिजनको ‘ए’ डिभिजन लिगको शिर्ष स्थानमा रहेको सातदोबाटो सिमरा रंङ्गशालामा पहिलो सहभागिता मैं निराश बन्न पुग्यो ।

पहिलो हाफको ३५ औं मिनेंटमा सातदोबाटोका कप्तान सुदिप गुरुङले टिमलाई अग्रता दिलाएका थिए । हिमालयन शेर्पाका डिफेण्डर म्यानुअलनानाको गल्तीको फाईदा उठाउँदै सातदोबाटोका कप्तान सुदिपले बललाई सहजै गोल पोष्टको दिशा दिएका थिए । सातदोबाटोका पासाङ लामाले गरेको प्रहार नानाले अनटाइम क्लिएर गर्न नसक्दात्यसको फाइदा सुदिपले लिएका थिए ।पहिलो हाफको इन्ज्युरी समयमा हिमालयन शेर्पाका सुशिल राईले बराबरी गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए । विश्वास श्रेष्ठको क्रस बल सातदोबाटोका डिफेण्डर करण रावतले क्लिएर गर्न नसक्दा त्यसको फाईदा हिमालयन शेर्पाले लियो । करणले हेडर मार्फत क्लिएर गर्न नसकेको बल खोस्दै हिमालयनका अफ्रिकी खेलाडी अवायोमीले सुशीललाई डिबक्स भित्र सटिक पास उपलब्ध गराएका थिए । सुशीलले पहिलो हाफको दुई मिनेंटको इन्ज्युरी समयको केहि सेकेण्ड बाँकी छँदा टिमलाई खेलमा फर्काए ।
दोश्रो हाफको अन्तिम समयमा हिमालयन शेर्पाका अफ्रिकी खेलाडी अवायोमीले उत्कृष्ट हेडर गोल गर्दै सेमिफाईनलमा मकवानपुर ११ सँगको भेट पक्का गरे । हिमालयनशेर्पाका मिड फिल्डर सत्यम शर्माले कर्नर एरियाबाट प्रहार गरेको एयर बलमा डिबक्स भित्रबाट अवायोमीले हेडर गोल गर्दा सातदोबाटाका गोल रक्षक निशान्त थापामँगरले बचाउँको प्रयास सम्म गर्न भ्याएनन् ।

प्रतियोगिताको दोश्रो संस्करणमा उपाधिजितेको हिमालयन शेर्पाले अब फाइनल प्रवेशका लागि बुधबार हुँने पहिलो सेमिफाइनलमा मोफसलको टिम मकवानपुर ११ सँग प्रतिस्पर्धा गर्ने छ ।खेलको १२ औं मिनेंटमा सातदोबाटोका सुशिल लामा उत्कृष्ट अवसर खेर फालेका थिए । अफ्रिकी खेलाडी विलियमले डि–बक्स भित्र दिएको सटिक पासमा उनको प्रहार क्रसबार माथिबाट बाहिरियो ।२२ औं मिनेंटमा सातदोबाटोका विलियमको फ्रिकिक बल हिमालयन शेर्पाका गोल रक्षक किशोर गिरीले उत्कृष्ट बचाउ गरे । २८ औं मिनेंटमा सातदोबाटोका निरज चौधरीले अर्को अवसर खेर फाले । विलियमले डिबक्स भित्र दिएको पासमा निरजको प्रहारले गोल पोष्टको दिशालिन सकेन ।खेलको ७४ औं मिनेंटमा सातदोबाटोका निरज चौधरीले किपर विट भइसकेको अवस्था खेर फाले । सेन्टरलाईनबाट बल अघि बढाएका निरजले खाली पोष्टमा डेलिभरी गर्न नसक्दा हिमालयनका डिफेण्डरले बल क्लिएर गर्दै संकट टारे ।
खेलको पाँचौं मिनेंटमा विश्वास श्रेष्ठको प्रहार क्रस बारबाट बाहिरीयो । डि–बक्स भित्रै पाएको बललाई हिमालयन शेर्पाका कप्तान विश्वासले गोलमा परिणत गर्न सकेनन् ।खेलको आठौं मिनेंटमा निशान लिम्बुको प्रहार गोल पोष्टमा लागेर फर्कियो । विश्वास श्रेष्ठको पासमा डि–बक्स बाहिरबाट निशानले शसक्त प्रहार गरेका थिए ।खेलको ३१ औं मिनेंटमा विश्वास श्रेष्ठको पासमा निशान लिम्बुको प्रहार सातदोबाटोका गोल रक्षकले बचाउ गरे ।

खेलको ५५ औं मिनेंटमा हिमालयन शेर्पाका सुशिल राईको शसक्त प्रहार सातदोबाटोका गोल रक्षकले उत्कृष्ट बचाउ गरे । विश्वास श्रेष्ठको कर्नर बलमा पेनाल्टी एरियाबाट शुसीलले गरेको सशक्त प्रहार सातदोबाटोका गोल रक्षक निशान थापामँगरले पन्च गरेर जोगाए ।खेलको म्यान अफ दी म्याच हिमालयन शेर्पाका अफ्रिकी खेलाडी अवायोमी घोषित भए । उनले दश हजार नगद सहिँत ट्रफि प्राप्त गरे ।प्रतियोगिता अन्तर्गत मंगलवार अन्तिम क्वाटर फाइनलमा ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाईटेडले विभागीय टिम ए.पि.एफ.क्लबको सामना गर्ने छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय