जीतपुरसिमरा गोल्ड कपमा महिलाको शौचालय पुरुषले प्रयोग गर्दै

पछिल्लाे समाचार

१४ चैत, सिमरा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न २ सिमरा रङ्गशालामा जारि जीतपुरसिमरा गोल्ड कपमा व्यवस्थित शौचालयको व्यवस्थापन गरिएको छैन ।

महिलाको लागि बनाईएको शौचालयमा न त वार नै लगाईएको छ भने महिलाको शौचालयमा पुरुषहरु प्रवेश गर्ने गरेको भेटिएको छ ।झन्डै एक करोडको लागतमा संचालन भईरहेको जीतपुरसिमराकै सबै भन्दा ठूलो धनराशीको प्रतियोगितामा शौचालयको उचित व्यवस्थापन न हुनु आफैमा एउटा दुखद संदेश समेत भएको छ ।

नव जन जागृति क्लबको आयोजनामा सिमरा रङ्गशालामा जारि १३ औं जगदम्बा गोल्ड कपमा आयोजकले महिलाको शौचालयमा वार न लगाएको कारण फूट बल मैच हेर्न आएको दिदिबहिनिहरुलाई शौचालय प्रयोग गर्नमा कठिनाई भईरहेको खेल हेर्न आएका एक जना महिलाले एपी खबर संग गुनासो गरेकी छिन ।

करोडौको लागतमा गोल्ड कप गराउने आयोजकले एउटा व्यवस्थित शौचालय बनाउन न सक्नुको कारण गोल्ड कप हेर्न आउने महिलाहरुको इज्जत दाउमा रहेको छ ।करोडौ रुपैया बाट नै केहि लाख खर्च गरेर रङ्गशालामा व्यवस्थित शौचालय बनाउनु पर्ने आवश्यकता रहेको महिलाहरुले बताएका छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय