आईपीएलको उद्घाटन खेलमा गुजरात विजयी

पछिल्लाे समाचार

१८ चैत, काठमाडौँ – इन्डियन प्रिमयर लिग (आईपीएल) को १६औं संस्करणमा साविक विजेता गुजरात टाइटन्सले विजयी सुरुआत गरेको छ ।

गए राति भएको उद्घाटन खेलमा चेन्नाई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्दै गुजरातले अपराजित यात्रा थालेको छ ।

घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा चेन्नाईले दिएको १७८ रनको लक्ष्य गुजरातले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले २० ओभरमा ७ विकेट गुमाएर १७८ रन बनाएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय