मधेश प्रदेश सरकारको सहयोगमा लक्ष्मीनियामा गर्भवती महिलालाई पौष्टिक खानेकुरा वितरण

पछिल्लाे समाचार

२९ चैत,रौतहट :मधेश प्रदेश सरकारको सहयोगमा रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकाको वडा न ९ लक्ष्मीनियामा गर्भवती महिलाहरुलाई पौष्टिक खानेकुरा वितरण गरिएको छ ।

वडा न ९ को वडा अध्यक्ष राकेश यादवको अध्यक्षतामा बुधवार एक कार्यक्रमको बीच लगभग १५० जना गर्भवती महिलालाई चार किसिमको पौष्टिक खानेकुरा वितरण गरिएको हो ।आमा स्वस्थ भयो भने बच्चा स्वस्थ हुन्छ र बच्चा स्वस्थ भयो भने हाम्रो भविष्य स्वस्थ हुन्छ भन्ने मुल उदेश्यले मधेश प्रदेश सरकार बाट प्राप्त पौष्टिक अहार गर्भवती महिलाहरुलाई वितरण गरिएको फतुवा विजयपुर नगरपालिकाको वडा न ९ को वडा अध्यक्ष राकेश यादव (पप्पु)ले बताएका छन् ।गर्भवती महिलाले अरुबेलाको तुलनामा पोषिलो खानेकुरा बढी खानुपर्छ भन्ने सन्देश दिनका लागि पौष्टिक आहार वितरण गरिएको वडा अध्यक्ष यादवले बताउनुभयो ।त्यस्तै उहाँले मधेश प्रदेश सरकारले गर्भवती महिलाको लागि पौष्टिक खानेकुरा उपलब्ध गराईदिएकोमा धन्यवाद समेत ज्ञापन गरेको छ ।उक्त पौष्टिक खानेकुरा वितरण कार्यक्रममा वडा न ९ को वडा सदस्य लगाएत स्थानीयहरूको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय