पछिल्लाे समाचार

३० चैत,सिमरा: इण्डियन प्रिमियर लिग (आइपीएल)अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्ग्सलाई हराएको छ। चेन्नईको चिदमबरम स्टेडियममा भएको खेलमा राजस्थानले ३ रनको जित निकालेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७५ रन बनाएको थियो। राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ५२ रन बनाए। त्यस्तै, देवदूत पाडिक्कलले ३८ तथा रविचन्द्रन आश्विन र शिमरोन हेटमायेरले ३०/३० रन जोडे।

चेन्नईका आकाश सिंह, तुशार देशपाण्डे र रविन्द्र जडेजाले २/२ तथा मोइन अलीले एक विकेट लिए।जवाफी ब्याटिङमा उत्रिएको चेन्नईले निर्धारित २० ओभरमा १७२ रन मात्रै बनाउन सक्यो। उसका लागि डेभोन कोनवेले ५०, महेन्द्र सिंह धोनीले ३२, अजिन्क्या रहाणेले ३१ तथा जडेजाले २५ रन बनाए।चेन्नईलाई रोक्न राजस्थानका आश्विन र युजभेन्द्र चहलले समान २ तथा सन्दीप शर्मा र एडम जाम्पाले १/१ विकेट लिए

adv

spot_imgspot_img
spot_img

लोकप्रिय