आइपिएलमा सनराइजर्स हैदराबादको चौथो खेलमा दोस्रो जित

पछिल्लाे समाचार

०२ बैशाख, एजेन्सी: इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराइजर्स हैदराबादले चौथो खेलमा दोस्रो जित निकालेको छ।शुक्रबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले कोलकाता नाइटराइडर्समाथि २३ रनको जित निकालेको हो।

हैदराबाका लागि १३.२५ करोड रुपैयाँमा अनुबन्धन भएका ह्यारी ब्रुक्सले सिजनको पहिलो शतक प्रहार गरेको खेलमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २२८ रन बनाएको थियो।उनले ५५ बलमा १२ चौका र ३ छक्काको सहयोगमा १०० रन बनाएका थिए। त्यसैगरी, कप्तान एडेन मार्क्रमले ५० रन बनाउँदा अभिषेक शर्माले ३२ रन बनाए। त्यस्तै, हेनरिच क्लासेनले १६ रनको स्कोर तयार गरेका थिए।

जवाफमा कोलकाता नाइट राइडर्सका निर्धारित २० ओभरमा २०५ रनमा समेटिएको थियो। उसका लागि रिन्कु सिंहले ३१ बलमा ५८ रनको नटआउट इनिङ खेलेका थिए।त्यस्तै, नारायण जगदिशनले ३६ रन बनाएका थिए। त्यस्तै, कप्तान नितिश रानाले सर्वाधिक ७५ रनको स्कोर बनाए पनि टिमको हार टार्न सकेन।

spot_imgspot_img
spot_img

लोकप्रिय