चेन्नई सुपर किंग्स द्वारा रोयल्स च्यालेन्जर्स बेंगलोर ८ रनले पराजित

पछिल्लाे समाचार

एजेन्सी : इन्डियन प्रिमियर लिग (आइपिएल) को रोमाञ्चक हाइस्कोरिङ खेलमा चेन्नई सुपर किंग्सले रोयल्स च्यालेन्जर्स बेंगलोरलाई ८ रनले पराजित गरेको छ।

एम चिन्नास्वामि स्टेडियममा सोमबार राति भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२६ रन बनाएको थियो। जवाफमा बेंगलोरले ८ विकेट गुमाएर २१८ रन मात्र बनाउन सकेको थियो।

चेन्नईका लागि मथीशा पथिरानाले अन्तिम ओभरमा १९ रन डिफेन्स गर्दै टिमको जित निश्चित गरे। उनले आफ्नो इनिङमा १० रनमात्र दिएका थिए। सिएसकेका लागि डेवोन कन्वेले ८३ रन बनाउँदा शिवम दुवेले ५३ रन बनाए। त्यस्तै, अजिंक्य रहाणेले ३७ रन बनाउँदा मोइन अलीले १९ रन बनाएका थिए।

२ सय २७ रनको लक्ष्य पछ्याएको आरसिबीका लागि कप्तान फाफ डुप्लेसिस र ग्लेन म्याक्सवेलले विष्फोटक इनिङ खेले। पनि टिमको हार टार्न पर्याप्त भएन।

पछिल्लो क्रमको खराब ब्याटिङका कारण आरसिबी सहज जित नजिक पुगेपनि पराजित भयो। डुप्लेसिसले ६२ रन बनाउँदा म्याक्सवेललले ७६ रन बनाएका थिए। त्यस्तै, दिनेश कार्थिकले २८ रन बनाउँदा सुयस प्रभुदेशाइ १९ रनमा आउट भए। चेन्नईका लागि तुसारदेश पाण्डेले ३ विकेट लिँदा मथिसा पथिरानाले २ विकेट लिएका थिए।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय