संवैधानिक परिषद् बैठकमा प्रधानन्यायाधीश सिफारिसबारे जुटेन सहमति

पछिल्लाे समाचार

०६ बैशाख : काठमाडौँ: लामो समयपछि बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन बनेको छ ।प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउन बसेको परिषद्को बैठकमा कुनै सहमति नजुटेको हो ।राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल भए पनि कुनै निर्णयमा नपुगेको जानकारी दिए ।

बुधवार बिहान ८ बजे बस्ने भनिएको बैठक ९ बजे मात्रै शुरू भएको थियो तर आधा घण्टा हाराहारी मात्रै बसेको बैठकमा कुनै सहमति नजुटेको हो ।सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना मगर र उपप्रधान एवं कानूनमन्त्री पूर्णबहादुर खड्का सहभागी थिए ।

प्रधानमन्त्रीसँगै रहेको कानून मन्त्रालयको जिम्मा खड्कालाई दिएपछि उनी पनि परिषद्को बैठकमा सहभागी भएका छन् ।२०७९ मंसिर २७ गतेदेखि कायममुकायम प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की छन् । चोलेन्द्रशमशेर राणा अनिवार्य अवकाशमा गएपछि कार्कीले कायममुकायम प्रधानन्यायाधीशको रूपमा काम गर्दै आएका हुन् ।

यसअघि सोमवार एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको शीर्ष नेताको बैठकमा प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियालाई अघि बढाउने समझदारी भएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय