नेपालमा पनि आज विश्व प्रेस स्वतन्त्रता दिवस बिभिन्न कार्यक्रम गरि मनाइदै

पछिल्लाे समाचार

२० बैशाख,काठमाडौं– आज मे ३ अर्थात आज विश्व प्रेस स्वतन्त्रता दिवस । पूर्ण प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न तथा प्रेस स्वतन्त्रता नखोसियोस् भन्ने उद्देश्यसहित बिभिन्न कार्यक्रम गर्दै नेपालसहित विश्वभर मनाइदै छ ।

‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा आज विश्वभरि प्रेस स्वतन्त्रता दिवस बिभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो ।संयुक्त राष्ट्र संघीय निकाय युनेस्कोको आयोजनामा नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । सोही घोषणा पत्र जारी गरेको दिनको सम्झनामा सन् १९९३ देखि हरेक वर्ष यो दिवस पत्रकारहरूले उत्सवको रुपमा मनाउँदै आएका छन् ।

संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेसँगै नेपालले पनि मे ३ का दिनमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदै आएको छ ।नेपाल पत्रकार महासंघले आज बिहान ७ बजे प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ भने बिहान ९ बजे पत्रकार महासङ्घको सभाकक्ष सञ्चारग्राम, तिलगंगामा ‘प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा वार्षिकी प्रतिवेदन’ सार्वजनिक कार्यक्रम आयोजना गरिएको छ ।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय