आइपिएलमा गुजरातविरुद्ध दिल्लीको रोमाञ्चक जित

पछिल्लाे समाचार

२० बैशाख,काठमाडौँ : भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा गत विजेता गुजराट टाइटन्सविरुद्ध दिल्ली क्यापिटल्सले ५ रनको रोमाञ्चक जित निकालेको छ । आइपिएल २०२३ मा दिल्लीको यो तेस्रो जित हो । ९ खेल खेल्दा उसले ६ खेलमा भने हारको सामना गरेको छ ।

गुजरातको यो तेस्रो पराजय हो । उसले ६ खेलमा भने जित हात पारेको छ । आफ्नो नवौँ खेलमा दिल्लीले दिएको १ सय ३१ रनको सामान्य लक्ष्य पछ्याएको घरेलु टोली गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २५ रन मात्र बनाउन सक्यो ।

उसका लागि कप्तान हार्दिक पाण्ड्याले अर्धशतकीय पारी खेले पनि टोलीलाई जित भने दिलाउन सकेनन् । ५३ बलको सामना गरेका उनले ७ चौकासहित अविजित ५९ रन बनाए । यस्तै, अभिनव मनोहरले २६ र राहुल तेवटियाले २० रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

दिल्लीका लागि इशान्त शर्मा, खलिल अहमदले २/२, एनरिक नोर्टजे र कुलदीप यादवले १/१ विकेट हात पारे । त्यसअघि अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३० रन बनायो ।

spot_imgspot_img
spot_img

लोकप्रिय