प्रदेश सभा सदस्य देवनारायण चौधरी द्वारा मुसहर्निमाई मन्दिरको शिलान्याश

पछिल्लाे समाचार


२१ बैशाख,सिमरा :
बारा क्षेत्र न ४ क को मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले बुधवार एक कार्यक्रमको बीच मुसहर्निमाई मन्दिरको शिलान्याश गर्नु भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न २ मा उक्त मन्दिर निर्माण हुन् लागेको छ ।

मधेश प्रदेश सभा सदस्य चौधरीको संसदीय बिकाश कोषको १० लाख बजेट बाट मुसहर्निमाई मन्दिर निर्माण हुन् लागेको छ ।जीतपुरसिमरा उपमहानगरको वडा न २ को एउटा पुरानो मन्दिरको रुपमा चिपरिचित रहेको मुसर्निमाई मन्दिरको शिलान्याश भए संगै अब मन्दिर निर्माण हुने भए पछि त्यहाँका स्थानीयहरू खुशी भएको छ ।

शिलान्याश कार्यक्रममा बोल्दै मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले यसपाली सरकारले नै बजेटमा कटौति गरेको हुनाले हामीले पनि कम बजेट पाएको र क्षेत्र ठूलो भएकोले अहिले १० लाख मात्र बजेट दिएको र पछि आवश्यक पर्ने थप्प सहयोग मन्दिर निर्माणमा गर्ने बताउनु भएको थियो । त्यस्तै उहाँले मौसर्निमाई मन्दिर निर्माण हुनु हिन्दु धर्मको लागि निकै नै सुखद रहेकोले मन्दिरको सरक्षण गर्ने जिम्मा स्थानीयको भएकोले गर्दा मन्दिरको राम्रो संग हेरचाह गर्न उहाँले स्थानीय संग आग्रह समेत गर्नु भएको थियो ।

मुसहर्निमाई मन्दिरको शिलान्याश कार्यक्रममा वडा न २ को वडाध्यक्ष धन बहादुर श्रेष्ठ , इन्जिनियर रामबालक साह,मनोज पौडेल,जनहित उपभोक्ता समितिको अध्यक्ष अमृत लाल श्रेष्ठ ,रबिन्द्र खकुरेल,राजेन्द्र गौतम,बिशाल घिमिरे,मिरा ढकाल लगाएतको व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय