आइपिएल: कोलकाता नाइटराइडर्सले सनराइजर्स हैदराबादलाई ५ रनले हरायो

पछिल्लाे समाचार

२२ बैशाख,काठमाडौँ – इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइटराइडर्सले सनराइजर्स हैदराबादलाई ५ रनले पराजित गर्दै लिगमा चौँथो जित हासिल गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो। उसको लागि रिन्कु सिंहले ४६ रन बनाउँदा कप्तान नितिश रानाले ४२ रन बनाउँदा ज्यासन रोयले २० रन बनाए। अन्कुल रोयले १३ रन बनाए।

१ सय ७२ रनको लक्ष्य पछ्याएको हैदराबाद २० ओभरमा ८ विकेट गुमाएर १ सय ६६ रन मात्र जोड्न सक्यो। उसका लागि एइडन माक्रमले ४१ रन बनाउँदा हेनरिच क्लासेनले ३६ रन बनाए। त्यस्तै अब्दुल समादले २१ रन बनाउँदा राहुल त्रिपाठीले २० रन बनाउँदा मयंक अग्रवालले १८ रन बनाए।

जितसँगै कोलकाता ८ अङ्क बनाएर ८ औँ स्थानमा रहेको छ। त्यस्तै हैदराबाद ६ अङ्कका साथ नवौँ स्थानमा रहेको छ। जारी सिजन कोलकाता र हैदराबाद दुवैका लागि प्लेअफ छनोट सम्भावना कमजोर बनेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय