जीतपुरको प्रिमियम ईलेक्ट्रिकल्समा आगलागी,लाखौँको क्षति

पछिल्लाे समाचार

८ बैशाख,सिमरा : बाराको एक ईलेक्ट्रोनिक्स पसलमा आगलागी हुदा लाखौको क्षति भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडानमबर ७ जीतपुरको प्रिमियम ईलेक्ट्रिकल्समा आगलागी भएको हो ।

शुक्रबार राति करिब ९:४० बजेको समयमा पसलमा आगो लागेको स्थानियहरूले बताएका छन् । आगलागी भएको ३० मिनट भित्र जीतपुरसिमरा उपमहानगरपालिकाको बारूण यन्त्र र प्रशासनको सहयोगमा आगो नियन्त्रण लिएको थियो ।

आगलागी बाट पसलको गोदाममा रहेको लाखौँ मुल्य बराबरको क्षति भएको छ । आगलागी बाट गोदाम पुर्णरूपले जलेर खरानी भएको पसलका संचालक अमजद अन्सारीले बताउनुभयो । आगलागीमा भएको क्षतिको विवरण भने आउन बाकि छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय