भूमिहीन सुकुम्बासी तथा लघुवित पीडित द्वारा कोल्हवी नगरपालिका घेराउ सहित बिरोध प्रदर्शन

पछिल्लाे समाचार

२७ बैशाख ,बार। बारा जिल्लाको कोल्हवी नगरपालिकाको भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोवासी तथा लघुवित पीडितहरुको साझा संगठन रहेको रुपमा रहेको साझा जागरण अभियानले बाराको कोल्हवी नगरपालिका घेराउ गर्दै विरोध प्रदर्शन गरेको छ ।

पीडितहरुले कोल्हवी नगरपालिका बजारमा विरोध प्रदर्शन गरी स्थानीय सरकार प्रमुख मेयर, इलाका प्रशासन कार्यालय मार्फत जिल्ला प्रशासन कार्यालय बारा, वन कार्यालय बारा, जिल्ला अदालत बारा, मधेस प्रदेश मुख्यमन्त्रीको कार्यालय, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, राष्ट्रिय भूमि आयोग, प्रधानमन्त्रीको कार्यालय लगायत सम्बन्धित सबै निकायलाई अभियानले मगलबार ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा वास्तविक भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा लघुवित पिडितहरुको समस्या अविलम्ब समाधान गर्न सरकारसँग माग गरेका छन् । वर्षौं देखि बसोबास गर्दै आएको गरिब दलितहरुले अझै लालपुर्जा पाएको छैन् । उनीहरूले लालपुर्जा पाउने व्यवस्था सरकारले गरेको भए पनि धेरै ठाउँमा स्थानीय सरकारले उठिबास लगाउने, अनावश्यक ढंगले करोडौं पैसा गरिब दलितसँग उठाउने, वन कार्यालयले समेत अदालतबाट मुद्दा चलाएर उठिबासको नोटिस जारी गर्ने जस्तो त्रसित पार्ने गतिविधिहरु भइरहेको पिडितहरुले बताएको छ ।

सरकारले गरिब दलितहरुलाई उठिबास लगाउन र खाँडी मुलुकबाट कमाएको दुईपैसा चुस्न गाउँघरमा लघुवित संचालन गरी महिला समूह मार्फत गर्न लगाएको ऋण प्रवाह मिटरव्याजभन्दा पनि सयौं गुणा खतरनाक रहेको । र, यसले पारिवारिक कलह, बच्चाहरुको पढाईमा अबरुद्ध, बैधानिक उठिबास लगाउने, लघुवित पीडितहरुले बिजुली बती तिर्न नसक्दा रात अध्यारोमा विताउनुपर्ने अवस्था बढेको कोणसभामा सम्बोधन गर्दै अर्का अभियानता प्रेम चौधरीले बताए । समस्याको समाधान बेलैमा नभए योभन्दा सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय