जीतपुरसिमरामा घरभाडामा बस्नेकाे फाेटाेसहितकाे विवरण वडा कार्यालयमा पेश गर्नुपर्ने

पछिल्लाे समाचार

२७ बैशाख,बारा-बाराकाे जीतपुरसिमरा उपमहानगरपालिकाले घरबालमा बसेकाकाे फाेटाेसहितकाे विवरण वडा कार्यालयमा बुझाउनु पर्ने निर्देशिका कार्यान्वयलाई अगाडी बढाएको छ ।

घर बहाल व्यवस्था निर्देशिका, २०७१ मा जीतपुरसिमरा उपमहानगरपालिकाको क्षेत्र भित्र कसैले आफ्नो हक, भोग वा स्वामित्वमा रहेको घर, घरको कुनै तला, एकाइ वा कोठा, घरजग्गा र सोको लगापात वा जग्गा निश्चित समयको लागि कुनै व्यक्तिलाई उपयोग गर्न दिएमा त्यसकाे विवरण वडामा पेश गर्नुपर्ने निर्देशिका कार्यान्वयलाई कडाई गर्ने भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाले मंगलबार २४ वटै वडा कार्यालयलाई पत्रचार गर्दै सूचना प्रकाशन गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो ७ औं नगरसभामा ल्याएको ऐन अहिले लगातार रुपमा कार्यान्वयमा कडाईको साथ् अगाडी बढाईरहेको छ ।

हेर्नुहोस उपमहानगर वडा कार्यालयलाई परिपत्र गरेको सुचना

spot_imgspot_img
spot_img

लोकप्रिय