आईपीएलमा चेन्नाईसँग दिल्ली २७ रनले पराजित

पछिल्लाे समाचार

२८ बैशाख ,काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । एमए चिदम्बरम रंगशालामा गएराति चेन्नाईले दिएको १६८ रनको विजयी लक्ष्य पछ्याउने क्रममा दिल्लीले आठ विकेट गुमाएर १४० रनमात्र जोड्न सक्यो।

त्यसअघि टस जितेर ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६७ रन बनाएको थियो।यससँगै १२ खलेमा सातौं जित हात पारेको चेन्नाई १५ अंकसहित दोस्रो स्थानमा छ । चेन्नाईले लिगमा अब बाँकी दुई मध्ये एक खेल जिते पनि प्लेअफ पुग्नेछ । सातौं हार बेहोरेको दिल्ली ११ खेलबाट ८ अंकसहित अन्तिम स्थानमा छ र प्लेअफको सम्भावना लगभग सकिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय