अवैधरूपमा भारतबाट ल्याएको ६३ लाख बराबरको आयुर्वेदिक औषधी बरामद

पछिल्लाे समाचार

२८ बैशाख ,सिरहा – सिरहा प्रहरीले अवैधरूपमा भारतबाट ल्याएको पौने ६३ लाख बराबरको आयुर्वेदिक औषधी बरामद गरेको छ। बुधबार मध्यान्ह लहान नगरपालिका ६ घर भई वडा नं. १ बस्ने रवीन्द्रकुमार साहले भारतबाट भन्सार छली गरेर लाखौँ मूल्य बराबरको औषधी ल्याएर राखेको गोप्य सूचनाको आधारमा घरबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ।

जिल्ला तथा इलाका प्रहरी कार्यालय, सिरहा लहानबाट खटेको प्रहरीको संयुक्त टोलीले साहको घरको बरण्डामा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका अन्दाजी ६२ लाख ७५ हजार बराबरको औषधी बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए।प्रहरीले बरामद गरेको आयुर्वेदिक औषधिहरू भन्सार कार्यालयमा बुझाएको जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय