आईपीएलमा मुम्बईसँग गुजरात पराजित

पछिल्लाे समाचार

३० बैशाख,काठमाडौँ – इण्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इण्डियन्स शीर्ष स्थानको गुजरात टाइटन्सलाई २७ रनले पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको छ ।शुक्रबार राति भएको वाान्खडे क्रिकेट रंगशालामा सम्पन्न खेलमा सूर्यकुमार यादव चम्किंदा मुम्बईले गत सिजनको च्याम्पियन गुजरातलाई पराजित गरेको हो ।

टस हारेपछि ब्याटिङ गरेको मुम्बईले प्रस्तुत गरेको २१९ रनको लक्ष्य पछ्याउने क्रममा गुजरातले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १९१ रनमात्र बनायो।मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २१८ रन बनाएको थियो। ​

राशिद खानले अविजित ७९ रन बनाए पनि गुजरातको हार टर्न सकेन। डेबिड मिलरले ४१, विजय शंकरले २९ र राहुल तेवातियाले १४ रन जोड्नुबाहेक गुजरातका अन्य खेलाडीले दोहोरो अंकमा रन थप्न सकेनन्।जितसँगै मुम्बई तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने यो खेलमा हार व्यहोरे पनि गुजरात तालिकाको शीर्ष स्थानमा कायमै छ।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय