वडा अध्यक्ष कार्की द्वारा बजनीमा ४५ दिने सिलाई कटाई तालिमको उद्घाटन

पछिल्लाे समाचार

३० बैशाख ,सिमरा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ बजनीमा ४५ दिने कटाई सिलाई तालिम सुरु भएको छ। जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ को महिला सरोकार मंच जीतपुरको आयोजनामा ४५ दिन सम्म सञ्चालन हुने तालिमको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको ३ को वडा अध्यक्ष तारा बहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले घरका चुलो चौकामा मात्रै सिमित रहने महिलाहरु पछिल्लो समय सीप सिकेर आत्मनिर्भर बन्न थालेकोमा खुसि ब्यक्त गरेका छन् । प्रशिक्षकका रुपमा नारायणी सापकोटा रहेकी तालिममा वडा न ३ बजनी ,रामवनका २३ जना महिलाहरुको सहभागीता रहेको छ।उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष तारा बहादुर कार्कीले सिपले आत्मनिर्भर बनाउनुका साथै रोजगारको विकास गर्ने भएकाले यस तालिमको आयोजना गरिएको बताए । उनले सिपलाई अझै धारिलो र पूर्ण बनाउन सिलाई तालिमको आयोजना गरेको बताए ।त्यस्तै उनले वडा नम्बर ३ को ४ लाख ५० हजार विनियोजित बजेट बाट वडा कार्यालयको भवन भित्र नै तालिम संचालन गरिएको बताए ।तालिम बैशाख ३१ गते देखि लिएर असार १३ गते सम्म संचालन हुने छ ।

वडा कार्यालयले नै २३ वटा सिलाई मेशिन खरिद गरेर वडा भित्रको २३ जना महिलालाई छनौट गरेर ४५ दिने सिलाई कटाई तालिम संचालन गरिएको वडा सदस्य चिम बहादुर पाख्रिनले बताए ।उक्त सिलाई कटाई उद्घाटन कार्यक्रममा वडा सदस्य माया बिक ,वडा सचिव अनिल बिक,स्थानीय नेता शुसिल दोधारी, महिला सरोकार मंच संस्थाको अध्यक्ष ,देवी सापकोटा लगाएत स्थानीय महिलाहरुको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय