वेस्टइन्डीजसंग स्तब्ध भयो भारत, पहिलो टी२० मा चार रनको हार

पछिल्लाे समाचार

१९ साउन एजेन्सी– वेस्टइन्डीजले पाँच खेलको टी२० सीरीजमा भारतलाई स्तब्ध बनाएको छ । सीरीजको पहिलो खेल पोर्ट अफ स्पेनमा खेलिएको थियो, जुन निकै रोमाञ्चक रह्यो ।बिहिबार राति खेलिएको खेलको अन्तिम बलमा मात्र परिणाम निस्कियो, जसमा वेस्टइन्डीज चार रनले विजयी भयो । भारतीय टीमको यो २००औं टी२० प्रतिस्पर्धा थियो, तर यसलाई जीतसहित स्मरणीय बनाउन भारतीय खेलाडी चुके ।

खेल जित्नका लागि भारतीय टीमले १५० रनको लक्ष्य पाएको थियो, जसको जवाफमा भारतले ९ विकेट गुमाएर १४५ रन मात्र बनाउन सफल भयो ।भारतीय टीमका लागि डेब्यू खेल खेलिरहेका तिलक वर्माले सबैभन्दा बढी ३९ रन बनाए । उनी बाहेक कप्तान हार्दिक पाण्डया, सञ्जू सामसन, शुभमन गिल तथा सूर्यकुमार जस्ता खेलाडी रन बनाउन असफल भए ।

यो खेलमा सूर्याले २१ रन बनाए भने पाण्डुयाले १९, सञ्जूले १२, गिलले ३ तथा ईशान किशनले केवल ६ रन बनाए । भारतलाई खेल जित्नका लागि अन्तिम १२ बलमा २१ रनको आवश्यकता थियो । अक्षर पटेल तथा अर्शदीप सिंहले केही स्तरि शट खेलेर भारतको आशा जगाएका थिए, तर उनीहरुले टीमलाई जीत दिलाउन सकेनन् ।

खेल प्रारम्भ हुनु अघिसम्म वेस्टइन्डीजका बलरलाई कमजोर मानिएको थियो, यद्यपि तीनै बलरहरुले खेलको परिणाम नै उल्टाइदिए ।वेस्टइन्डीजका जेसन होल्डर, रोमारियो शेफर्ड तथा ओबेड मेकायले समान दुई विकेट लि“दै कसिलो बलिङ गरे ।त्यसअघि वेस्टइन्डीजका कप्तान रोवम्यान पावेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए । त्यसपछि वेन्टइन्डीजले छ विकेट गुमाएर १४९ रन बनायो । कुनै बेला यो टीम १४.१ ओभरमा ९६ रनमा चार विकेट गुमाइसकेको थियो । त्यसपछि टीमलाई कप्तान पावेलले नै सम्हालेका थिए ।

पावेलले विष्फोटक ब्याटिङ गर्दै ३२ रनमा ४८ रन बनाए भने निकोलस पूरनले ३४ बलमा ४१ रन बनाए । भारतका लागि अर्शदीप सिंह तथा युजवेन्द्र चाहलले समान दुई विकेट लिए भने हार्दिक पाण्ड्या तथा कुलदीप यादवले समान एक विकेट लिए ।भारतीय टीमका लागि यो टी२० इन्टरनेशनलको २००औं खेल रह्यो । यो उपलब्धि हासिल गर्ने भारत दोस्रो टीम हो । यसअघि पाकिस्तानले मात्र दुई सय अथवा त्यो भन्दा बढी टी२० इन्टरनेशनल खेलेको छ । पाकिस्तानले अहिलेसम्म २ सय २३ वटा टी२० खेल खेलिसकेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय