गौर हत्याकाण्डको दोषीलाई कार्वाहीको माग गर्दै कलैयामा प्रदर्शन

पछिल्लाे समाचार

१९ साउन। बारा: रौतहट जिल्लाको सदरमुकाम गौरमा भएको हत्याकाण्डको दोषीलाई कार्वाहीको माग गर्दै बाराको सदरमुकाम कलैयामा प्रदर्शन गरिएको छ।

गौर हत्याकाण्डमा मारिएका पीड़ित शहिद परिवारहरुलाई न्याय दिलाउनको लागि आम विद्यार्थी मोर्चा बाराले कलैयामा बिरोध र्याली सहित बुधबार जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापनपत्र बुझाएको छ । आम विद्यार्थी मोर्चा बाराले जिल्ला प्रशासन कर्यालय कलैया मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषध कार्यलय सिंहदरबार काठमाडौ ,मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय मधेश प्रदेस जनकपुरधामको ध्यानाकर्षण गराएको छ।

बिगत १ हप्ता देखि गौर हत्याकाण्डको दोषीलाई कार्वाहीको माग गर्दै रौतहटमा प्रदर्शन हुँदै आएको छ।उमेश कुशवाहा आम विद्यार्थी मोर्चा ईन्चार्ज उमेश कुशवहाको नेतृत्वमा निकलेको र्याली सदरमुकाम कलैयाको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयमा गएर ज्ञापन पत्र बुझाईएको थियो।

उक्त बिरोध प्रदर्शन कार्यक्रममा अशोक लामा आम जनता पार्टी बारा ईन्चार्ज ,राकेश बैठा आम बिद्यार्थी मोर्चा मधेश प्रदेश अध्यक्ष ,दिपेन्द्र साह सह- इन्चार्ज आम विद्यार्थी मोर्चा मधेश प्रदेश ,संदेश साह आम जनता पार्टी मधेश प्रदेस सद्स्य ,सोनु कुशवाहा आई टी आर्मी केन्द्रिय सद्स्य ,राजकिशोर साह आम जनता पार्टी जिल्ला सचिव लगाएतको सहभागीता रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय