बकैया पुलको ड्याम कटान गरेर बस्ति तर्फ बाढी पस्ने खतरा बढेपछि सुरक्षाकर्मी परिचालन

पछिल्लाे समाचार

२४ साउन,बारा : बाराको निजगढ स्थित लालबकैया पुलको ड्याम कटान गरेर बस्ति तर्फ बाढी पस्ने खतरा बढेपछि सुरक्षाकर्मी परिचालन गरिएको छ ।२ दिनदेखि भईरहेको अविरल वर्षाको कारण लाल बकैया खोलामा मंगलबार आएको बाढीले पुल सुरक्षाको लागि सडक विभागले निजगढ ८ को खयरघारीमा निर्माण गरेको तटबन्ध कटान गरेर बस्तितर्फ बाढी पस्ने खतरा बढेपछि नेपाली सेनासहित सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणको प्रयास थालिएको हो । 

बकैया खोलाको धार परिवर्तन गरेर पुलको तटबन्धसहित बस्ति सुरक्षित पार्न निजगढ नगरपालिकाले केही समयअघि गरेको प्रयास सडक कार्यालयको उदासिनताले सफल हुन नसकेपछि निजगढमा बाढीको त्रास बढेको निजगढ नगरपालिकाका प्रमुख सरथ पुरीले बताउनुभयो ।बाढीको अवस्था निरीक्षण गर्न मंगलबार नै निजगढ आउनुभएका जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एंव बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले नदी च्यानलाईज गरेर कटान नियन्त्रण गर्न निर्देशन दिनुभयो ।

त्यसैगरी डिभिजन सडक कार्यालय हेटौडाका प्रमुख इन्जिनियर राजेश यादवले बजेट अभावमा च्यानलाइजको काम गर्न नसकिएको बताउनुभयो ।सुरक्षाकर्मीको टोलीले बाढी र कटान नियन्त्रणको लागि ड्याममा नाइलुनको जालीमा ढुङ्गा, गिटी, बालुवाको बोरा भरेर हिजो दिनभरी नै रोकथाम प्रयास गरेको थियो । ज्वाला दल गण कलैया, सशस्त्र र इलाका प्रहरी कार्यालय निजगढको करिव ८०(९० जनाको सुरक्षाकर्मी टोली बाढीले भत्काएको ड्याम मर्मतमा परिचालन गरिएको हो । 

बाढी नियन्त्रणको लागि निजगढ नगरपालिका र डिभिजन सडक कार्यालय हेटौडाको एक्साभेटर प्रयोग गरेर नदीको धार परिवर्तन गर्न हिजो राति पनि काम भएको थियो ।खोलाको मुख्य भङ्गालो ठोक्किएपछि ड्याम कटानमा परेको र बकैयाको बाढी बस्तिमा पस्नसक्ने खतरा बढेको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय