नेपाल टेलिकमले दश लाख मुल्य बराबरको रिचार्ज कार्ड हरायो

पछिल्लाे समाचार

२४ साउन ,काठमाडौँ– नेपाल टेलिकमले दश लाख मुल्य बराबरको रिचार्ज कार्ड हराएको छ ।टेलिकमले गोरखापत्रमा आज एक सूचना जारी गर्दै ५० रुपियाँ दरका २० हजार वटा रिचार्ज कार्ड हराएको जनाएको छ । टेलिकमले काठमाडौँबाट भैरहवा ढुवानी गर्ने क्रममा नमस्ते रिचार्ज कार्ड हराएको जनाएको छ ।

टेलिकमले उक्त रिचार्ज कार्ड कसैले फेला पारेमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाइदिन अनुरोध गरेको छ ।टेलिकमका अनुसार सि.नं ११२२ १२०० १३७८ ०००१ देखि ११२२ १२०० १३८००००० सम्मका रिचार्ज कार्ड हराएकाले उक्त नम्बरका कार्ड खरिद नगर्न समेत अनुरोध गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय