मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा बाराबाट २ जना पक्राउ

पछिल्लाे समाचार

०६ असोज, बारा – बाराबाट प्रहरीले मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले दुबै जनालाई जिल्लाको जितपुर-सिमरा उपमहानगरपालिका-२१ अमलेखगंजबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका १० मटिअर्वा बस्ने वर्ष २५ का रञ्जितप्रसाद चौरसिया र जितपुरसिमारा-३ छटिमाई बस्ने वर्ष ३४ को मकसुधन राउत बरै रहेको बाराका प्रहरी प्रवक्ता एवं डिएसपी दधिराम न्यौपानेले बताउनु भएको छ ।पक्राउ परेको दुबै जनाको साथ बाट ४ किलो को दरले ८ केजी गाँजा बरामद भएको छ ।

प्रहरीले चौरसियाले चलाएको ना.२५.प.५८१४ नम्बरको मोटरसाइकल र राउतले चलाएको प्रदेश ३-०२-००६.प.२३९ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुबैजनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको बताएको छ ।एक हप्ता पहिला नै बारा प्रहरीले बिभिन्न मितिमा पक्राउ गरेको ४३० किलो गाँजा नष्ट गरेको थियो ।पछिल्लो क्रममा बारामा गाँजा तस्करीको घटना बढ्दै गइरहेको छ । प्रहरीले गाँजा तस्करलाई समात्न सफल भए पनि अझै बारा बात गाँजा तस्करी रोकिएको छैन ।

spot_imgspot_img
spot_img

लोकप्रिय