अस्ट्रेलियालाई पराजित गर्दै भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा

पछिल्लाे समाचार

०६ असोज, काठमाण्डाै – भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा पुगेको छ । गएराति अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय वरीयतामा पहिलो नम्बरमा पुगेको हो ।एसिया कप जित्दा पनि भारत आईसीसी एकदिवसीय वरीयतामा दोस्रो स्थानमा थियो भने पाकिस्तान फाइनलमा नपुगे पनि पहिलो स्थानमा थियो ।

भारत र अस्ट्रेलिया दुवैले एक नम्बर टोली बन्ने मौका पाएका थिए । अस्ट्रेलियालाई पराजित गरेसँगै भारत पहिलो नम्बरको टोली बनेको हो । योसँगै भारत क्रिकेटका तीन वटै फर्म्याटमा पहिलो बनेको छ ।भारत टेस्ट र टी–२० फर्म्याटको विश्व वरीयतामा यसअघि नै पहिलो नम्बरमा छ । यो स्थान हासिल गर्ने भारतीय टोली विश्वको दोस्रो टोली हो । यसअघि सन् २०१२ को अगस्टमा दक्षिण अफ्रिकी क्रिकेट टोलीले पनि यस्तै उपलब्धि हासिल गरेको थियो ।

अब अस्ट्रेलियाले यस शृङ्खलाका अर्को दुई खेल जित्दा पनि विश्वकप अघि आईसीसी वरीयतामा नम्बर १ टोली बन्न सक्नेछैन । तर यदि अस्ट्रेलियाले अर्को दुई खेल जित्यो भने पाकिस्तान र भारतको बराबरी अङ्क हुनेछ र पाकिस्तानी टोलीले फेरि आईसीसी एकदिवसीय वरीयतामा नम्बर १ टोली बन्नेछ ।वरीयतामा नेपाल भने १५औँ स्थानमा छ । नेपालको वरीयतामा कुनै परिवर्तन भएको छैन । नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेलेकोमा दुवै खेलमा हार ब्यहोरेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय