चावहिल स्पोर्टस क्लब काठमाण्डौलाई पराजित गर्दै सिमरा भेट्रान क्लब फाईनलमा प्रवेश

पछिल्लाे समाचार

११ असोज, बारा : आयोजक सिमरा भेट्रान क्लब बाराको सिमरामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० को फाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाईनल खेलमा चावहिल स्पोर्टस क्लब काठमाण्डौलाई ३–२ गोल अन्तरले पराजित गर्दै आयोजक प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो । आयोजकको जितमा गोपि प्रसाद भट्टले २ र मित्रबहादुर बस्नेतले १ गोल गरेका थिए ।

पहिलो हाफअघि एक गोल गरेको आयोजकले दोश्रो हाफपछि थप दुई गोल गरेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा उत्कृष्ट प्रर्दशन गरेपनि चावहिलले भने दुई गोल मात्र गर्न सक्यो । चावहिलले खेलको अन्तिम समयमा लगातार दुई गोल गरेको थियो । प्रतियोगिता अन्र्तगत आयोजकका गोपि प्रसाद भट्ट म्यान अफ द म्याच घोषित भए । उनलाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष हरिदेव खरेलले ट्रफी प्रदान गरेका थिए । प्रतियोगिता अन्र्तगत आज पनि दुई वटा खेल हुदैछ । पहिलो खेल पोखरा भेट्रान कास्की र फ्रिडम फाईटर काठमाण्डौ बिच हुनेछ भने दोश्रो खेल युनिटि भेट्रान विरगञ्ज र कलकत्ता भेट्रान भारतबिच हुनेछ । यसअघि हिजोको खेलमा बंलादेशले प्रतियोगितामा सहभागिता नजनाएपछि पोखरा भेट्रान कास्कीले बाई पाएको हो ।

अन्तिम समयमा एफ.सि भेट्रान बंलादेशले अध्यागमन बिभागबाट प्राविधिक समस्या देखिएको भन्दै खेलमा सहभागिता जनाउन नसक्ने आयोजकलाई बताएको थियो । स्व. मञ्जुदेवी गुप्ताको स्मृतीमा आयोजित प्रतियोगिता असोज १३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको बिजेताले नगद २ लाख र उप बिजेताले नगद १ लाख रुपैया पाउने आयोजक सिमरा भेट्रान क्लबका अध्यक्ष राज कपुर राउत विजयले जानकारी दिनुभयो ।

प्रतियोगितामा बंगलादेश भेट्रान्स क्लब, क्लिबहाउस भेट्रान्स क्लब कलकत्ता, दार्जलिङ भेट्रान्स क्लब, साविक विजेता मोरङ भेट्रान्स क्लब, साविक उपविजेता चितवन भेट्रान्स क्लब, ईन्द्रेणी एकीकृत विकास केन्द्र पोखरा, चाबहिल भेट्रान्स क्लब काठमाण्डौ, फ्रिडम फाईटर भेट्रान्स क्लब काठमाण्डौ, वीरगन्ज युथ एकेडेमी, अभिशेक चर्च भेट्रान्स क्लब नवलपरासी, नव जनजागृति भेट्रान्स क्लब सिमरा र आयोजकको सहभागिता रहेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग र जगदम्बा स्टील्स् प्रालिको मुख्य प्रायोजनमा सुरु भएको प्रतियोगितालाई सफल बनाउन जीतपुरसिमरा उपमहानगरपालिकाको चौबिस वटै वडा कार्यालय, हुलास स्टील, सुर्य नेपाल, नारायणी रोलिङ मिल, नविल बैंक, युआर गोल्ड प्रिमियम मसला चिया, अशोक स्टील, अल्पाईन अस्पताल, एभरग्रिन तराई सिमरा अस्पताल, एलएस न्युरो अस्पताल वीरगन्ज, बारा जिल्ला फूटवल संघ, नव जनजागृति युवा क्लब, सुसप्त मेडिकल, युआर अटामेटिक लण्ड्री, सगरमाथा इन्स्योरेन्स, वर्डलिंकलगायतका संघसंस्थाको सहयोग रहेको प्रतियोगिता संयोजक हरी चौधरीले जानकारी दिनुभयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय