जीतपुरसिमरा अस्पतालको मुहार फेरिदै,दैनिक २५० जनाले लिन्छ सेवा

पछिल्लाे समाचार

१९ माघ ,बारा : बाराको सिमरामा रहेको जीतपुरसिमरा अस्पतालले मुहार फेर्दै गएको छ । वडा नम्बर २ स्थित सिमराको मुख्य चोकमा रहेको जीतपुरसिमरा अस्पताल यतिखेर आफूलाई सुधार्ने र स्वरूप फेर्ने क्रममा लागेको छ । जीतपुरसिमरा अस्पतालले १० रुपैयाँमै विशेषज्ञ डाक्टर सहितको सेवा प्रदान गरिरहेको छ । पहिले सीमित जनशक्तिबाट उपचार सेवा दिदै आएकोमा १५ शैयाको यो अस्पतालमा अहिले १ जना विशेषज्ञसहित ४ जना मेडिकल अफिसर लगाएतको टिमले सेवा प्रदान गरिरहेको छ  । प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा रहेको अस्पतालाई जीतपुरसिमरा उपमहानगरपालिकाले स्तरउन्नती गरेपछि अस्पतालको मुहार फेरिन थालेको हो ।

अस्पताल सुधार गर्न जीतपुरसिमरा उपमहानगरपालिकाले देखाएका चासो र चिन्ताकै कारण अहिले जीतपुरसिमरा अस्पताल प्रतिको बिश्वास जनतामा बढ्दै गएको छ । जीतपुरसिमरा अस्पतालमा दैनिक २५० भन्दा बढी ओपिडी र आकस्मिक सेवाका बिरामी अहिले आउने गरेका छन् । यसअघि पहिले प्राथमिक स्वास्थ्य केन्द्र हुदा दैनिक जम्मा ५० जनाको संख्यामा बिरामी पुग्ने गरेको अस्पतालका मेडिकल सुप्रिटेण्डेण्ट डाक्टर प्रकाश साहले बताए ।

जीतपुरसिमरा अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन अप्रेसन थिएटर खोल्ने तयारी भईरहेको छ । स्वास्थ्यम महाशाखा प्रमुख रबि कुमार भास्करले शल्यक्रिया सेवालाई पनि अघि बढाउने तयारी भईरहेको बताउनुभयो । जीतपुरसिमरा अस्पतालमा अब चाडै सर्प दंश उपचार केन्द्र पनि संचालनमा आउने उपमहानगरले जनाएको छ ।३६ जना दक्षजनशक्ति राखेर संचालन भएको जीतपुरसिमरा अस्पताल अहिले जनताको रोजाईमा पर्न थालेको छ ।जीतपुरसिमरा अस्पताल नहुदा कलैया बिरगंज विशेषज्ञ डाक्टरको सेवा लिन पुनु पर्थ्यो तर अहिले बिरगंज र कलैया जानु पर्ने बाध्यता हतेकोले जीतपुरसिमरा बासि खुशी भएका छन् ।

हाल जीतपुरसिमरा अस्पताल अस्थायी रुपमा जीर्ण पुरानो भवनबाट सञ्चालनमा छ । तर स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा अघि बढाउने तयारी अनुरुप जीतपुरसिमरा उपमहानगरपालिकाले अस्पतालको नया भवन निर्माण कार्यलाई तिब्रता दिएको छ । २०७९ सालदेखि निर्माण सुरु भएको उक्त भवनको निर्माण कार्य अहिले तिब्र गतिमा भईरहेको छ । ठेकेदार कम्पनीले २०८१ साल असार १६ गते निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । सम्झौतामा २४ महिनाभित्र निर्माण पूरा गर्नुपर्ने उल्लेख छ ।जीतपुरसिमरा उपमहानगरले जीतपुर स्वास्थ्य चौकी र डुमरवाना स्वास्थ्य चौकीलाई समेत मेडिकल अफिसर राखेर संचालन गरिरहेकोले जीतपुरसिमरा उपमहानगरपालिकाले स्वास्थ्य क्षेत्रमा फन्को मारिरहेको उदाहरण बनेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय