भ्रष्टाचारविरुद्ध खबरदारी’ भन्ने नारासहित काठमाडौँमा मोटरसाइकल र्‍याली

पछिल्लाे समाचार

काठमाडौँ, २० माघ । आमजनता पार्टीले सुशासन प्रवद्र्धनका निम्ति आज ‘भ्रष्टाचारविरुद्ध खबरदारी’ भन्ने नारासहित काठमाडौँमा मोटरसाइकल र्‍याली आयोजना गरेको छ ।पार्टीको उपत्यका संयोजन समितिद्वारा आयोजित उक्त र्‍याली कुपण्डोल–थापाथली हुँदै रत्नपार्क परिक्रम गरी भद्रकालीमा कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनीमा झण्डै सात हजार जनाले सहभागिता जनाएको पार्टीका प्रवक्ता चन्दभूषण साहले जानकारी दिए ।उनले देशमा रोजगारीको वृद्धि तथा सुशासन कायम राख्न सरकारको ध्यानाकर्षण गराउन र्‍याली आयोजना गरिएको बताए । र्‍यालीमा चार हजार मोटरसाइकल र सात हजार जनाको सहभागिता रहेको साहको दाबी छ । थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय