सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी ट्राफिक नियम

पछिल्लाे समाचार

२७ माघ,बारा : जीतपुरसिमरा उपमहानगरपालिका -७ जीतपुरमा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी ट्राफिक नियम लेन तथा सवारी व्यवस्थापन कार्यको थालनी गरिएको छ ।अस्थायी ट्राफिक पोस्ट जीतपुरको सहयोगमा शनिवार देखि सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी ट्राफिक नियम लेन तथा सवारी व्यवस्थापन कार्यको थालनी गरिएको ।सम्भावित सवारी दुर्घटनालाई न्यूनीकरण गर्नको लागि ट्राफिक प्रहरीले अहिले जीतपुरमा एक तिरको फूटपाथलाई व्यवस्थित बनाउनमा लागेको छ ।सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्नको लागि साना सवारी म्याजिक सिटि राईड,टेम्पूलाई मुख्य सडकको साईडमा पार्किङ्ग गर्ने व्यवस्था ट्राफिक प्रहरीले मिलाएको छ ।अस्थायी ट्राफिक पोस्ट जीतपुरका प्रहरी सहायक निरीक्षक बब्लु ठाकुरले ट्राफिक नियमको पालना नगर्दा सवारी दुर्घटना बढेको बताए। उनले सवारी दुर्घटनाको अवस्था भयावह रहेको बताउँदै त्यसको न्यूनीकरणका लागि नियमको पालना गर्नसमेत आग्रह गरे। मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी र जीतपुरसिमरा उपमहानगर ७ का वडा अध्यक्ष सुनिल गुप्ता लगाएतले चालकहरु संग ओभर स्पीड जथाभावी पार्किङ्ग र ट्राफि नियमन पाल्न गर्न आग्रह गर्नु भएको थियो ।जीतपुर बजारमा बजार गर्नेको चहलपहल बढी भएको हुनाले यहाँ दुर्घटनाको जोखिम बढी रहकोले ट्राफिक व्यवस्थापनमा आफु आए देखि नै लागिपरेको प्रहरी सहायक निरीक्षक ठाकुरले बताउनु भयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय