कोल्हबी ५ ककडिमा जंगली हाथीको आतंक

पछिल्लाे समाचार

२७ माघ, धिरेन्द्र पनुहर,बारा : बाराको कोल्हबी नगरपालिका वाड न ५ ककडी टोलमा शुक्रबार राती जंगली हाथी प्रवेश गरि बस्तिमा आतंक मच्चाएको छ। शुक्रबार राती ११ बजेको करिबमा ककडी गाउँ भन्दा उतर किसानले लगाएको मकै र गहु बाली खान लाग्दा स्थानीयहरुले हल्ला गरि धपाएर भगाएको थियो।

पछि बिहान ४ बजे फेरि बस्तिमा प्रवेश गरि स्थानीय बैजनाथ चौधरीको घरको बार भत्काइ घर भित्र रहेको चामल दुई बोरा नष्ट गरेको छ। जंगली हाथी घरको बार भत्काइ रहेको थाहा पाए पछि त्यहाबाट भागेर ज्यान बचाउन सफल भएको थियो। हाथी करिब एक घण्टा सम्म बस्तीमा रहेको थियो। हाथीलाई देखेर स्थानीयहरु त्रसित भएको थियो।

दुई हप्ता अगाडि मात्रै सोही वडाको सखुअवा टोलमा हाथीले पाँच जनाको घरमा क्षति पुर्याएको थियो। हाथी नियन्त्रण गर्नको लागि स्थानीयहरुले सम्बन्धित निकायलाई जानकारी गराउदा पनि कुनै चासो नलिएको बताएका छन।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय