जीतपुरसिमरा अस्पतालमा सेवा सुबिधा थप भए संगै बिरामीको चाप बढ्दै

पछिल्लाे समाचार

२७ चैत, बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा रहेको जीतपुरसिमरा अस्पतालमा अहिले बिरामीको चाप बढ्दै गएको छ ।अस्पतालमा सेवा सुबिधा थप भए संगै दैनिक उपचारको लागि आउने बिरामीको संख्या बढेको हो ।जीतपुरसिमरा अस्पतालले २४ औं घण्टा आकस्मिक सेवा दिन सुरु गरे संगै अब बिरगंज,हेटौडा, कलैया जाने झन्झट बाट जीतपुरसिमराका स्थानीयहरुले छुटकारा पाएको छ ।विगतमा खकार, रगत, सुगर, थाईराइड, मुटु, मिर्गौला परीक्षण गर्न वीरगन्ज, हेटौँडा काठमाडौँ जाने बिरामीहरूले अहिले जीतपुर सिमरा अस्पतालबाटै सेवा पाउन थालेका छन् ।

जीतपुरसिमरा अस्पतालमा अहिले बिहान ९ बजे देखि लिएर बेलुका ५ बजे सम्म ओ.पी.डी सेवा संचालन गर्दै आईरहेको छ । पछिल्लो समय अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा, गर्भवती परीक्षण, गर्भवती महिलाहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा, बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म ल्याब परीक्षण सेवा दिन सुरु गरे संगै अस्पतालमा अहिले उपचारको लागि आउने बिरामीको संख्या बढेको जीतपुरसिमरा अस्पतालका मेडिकल सुप्रिटेण्डेण्ट दा.प्रकाश साहले बताए । उनले भने हामीले मुटुको समस्या भएका बिरामीहरूलाई हृदयाघात भए/नभएको परीक्षण समेत सुरु गरेका छौं र अहिले उपमहानगरलले अस्पतालमा केहि सेवा अझै ठप्प गर्ने भनेका छ ।

अहिले दैनिक २ सय देखि २५० जना बिरामीले अस्पतालबाट सेवा लिइरहेका छन् भने दैनिक ५० देखि ६० जनाले ल्याबको सुविधा लिइरहेको अस्पताल प्रशासनले जनाएको छ ।४ जना डाक्टरसहित ३२ जना स्वास्थ्यकर्मीको टोलीले अहिले अस्पतालमा सेवा दिइरहेका छन् । अस्पतालले फार्मेसी समेत सञ्चालन गरेको छ, जसमा नेपाल सरकारले प्रदान गर्ने ९८ प्रकारका औषधिहरू निःशुल्क पाइन्छ भने अन्य बजारमा पाइने महँगो औषधीमा न्युनतम् शुल्कमा पाइने अस्पताल प्रशासनले जनाएको छ । जीतपुरसिमरा उपमहानगरले अहिले शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरेको छ ।जीतपुरसिमरा अस्पतालको आफ्नै निजि भवन समेत निर्माण भईरहेको छ । भवन बने संगै जीतपुरसिमरा अस्पतालमा सेवा सुबिधा ठप्प गरिने जीतपुरसिमरा उपमहानगरको स्वास्थ्य शाखाले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय