विभागीय एपिएफ विरुद्ध जीत निकाल्दै पुलिस फाइनलमा

पछिल्लाे समाचार

०२ बैशाख,सिमरा : बाराको सिमरा रङ्गशालामा जारी जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको अन्तिम सेमीफाइनलमा नेपाल एपिएफ क्लब विरुद्ध ३–२ को जित निकाल्दै नेपाल पुलीस क्लब फाइनलमा प्रवेश गरेको छ । शनिबार राती सिमरा रङ्गशालामा भएका विभागीय डर्बीमा पुलीसले शूरुवाती अग्रता बनाएको थियो । खेलको पहिलो मिनटमै एपिएफ विरुद्ध अग्रता बनाएको थियो । एपिएफको टिम सम्हालिन नपाउँदै खेल शुरु भएको ४७ सेकेण्डमै पुलिसका आशिष राइले गोल गरेका थिए । उज्वल राइको क्रसमा पेनाल्टी बक्स भित्रबाट आशिष राईको प्रहार गोलमा परिणत भएको थियो ।

खेलको २० औं मिनटमा एपिएफ २–० ले पछि पर्यो। रामचन्द्र वाजेको गोल मार्फत पुलिसले एपिएफ विरुद्ध फराकिलो अग्रता बनाएको थियो ।उज्वल राईको क्रस बल सम्हाल्दै रामचन्द्र वाजेले पेनाल्टी बक्स भित्रबाट उत्कृष्ट गोल गरेका थिए । महत्वपूर्ण खेलमा २–० ले पछि परे पनि एपिएफका खेलाडी उच्च मनोबलका साथ मैदानमा देखिन्थे । निकै आकर्षक खेल प्रस्तुत गरेको एपिएफका लागि खेलको ४२ औं मिनटमा प्रदिप लामाले गोल गर्दै २–१ को स्थितीमा ल्याए । बुद्धिमान राईको पासलाई पेनाल्टी बक्समा सम्हाल्दै प्रदिपले गोल गरेका थिए ।खेलको ६१ औं मिनटमा युवराज खड्काको गोल मार्फत एपिएफ खेलमा फर्कियो । प्रशिक्षक सुमन श्रेष्ठले युवराजलाई खेलको ३१ औं मिनटमा महेश लामाको स्थानमा मैदा नप्रवेश गराएका थिए ।

युवराजले अनिश महर्जनको पासमावन भर्सेस वनको स्थितीको सदुपयोग गर्दै एपिएफलाई खेलमा फर्काएका थिए । २–० ले पछि परेको अवस्थामा खेलमा फर्कन सफल भएको एपिएफ विरुद्ध पुलिसका सुजन मगरले पुनःअग्रता दिलाउन सफल भए । खेलको ८८ औं मिनटमा सुजनले एपिएफका गोलरक्षक बिट गर्दै गोल गर्न सफल भए । पृथ्बी चौधरीको पासमा सुजनको पहिलो प्रहार एपिएफका गोलरक्षक एन्जल श्रेष्ठले बचाउको प्रयास गरेका थिए तर रिबाउण्ड बल खोस्दै सुजनले सुन्दर गोल गरे ।खेलको अन्तिम इन्जुरी समयमा एपिएफ १० खेलाडीमा सिमितभयो ।

अन्तिम समयमा ३–२ को अवस्थामा परेपछि दबाबमा देखिएको एपिएफका विश्वास उदासले पुलिसका खेलाडीसंग विवाद गर्न थालेपछि रेफ्री उमेश विंडारीले उनलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए । दोश्रो पटक जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको पुलिसले अब उपाधिका लागि अर्को ‘ए’ डिभीजन क्लब मच्छिन्द्र संग सोमबार प्रतिष्पर्धा गर्नेछ । पुलिस ९ बर्ष अघि प्रतियोगिताको छैठौं संस्करणको फाइनलमा अर्को विभागीय टोलि आर्मीसंग पराजित भएको थियो । खेलको म्यान अफदि म्याच पुलिसका रामचन्द्र वाजे घोषित भए । उनले शुभारम्भ कलेज सिमराले प्रायोजन गरेको १० हजार नगद र ट्रफि प्राप्त गरे ।

spot_imgspot_img
spot_img

लोकप्रिय