जेठ १ गते जीतपुरमा स्वामी विवेकनन्द संस्कृति ज्ञान परीक्षा प्रतियोगिता हुने

पछिल्लाे समाचार

बारा, वैशाख २६ गते । बाराको जीतपुरमा आउदो जेठ १ गते स्वामी विवेकनन्द संस्कृति ज्ञान परीक्षा प्रतियोगिता (क्विज कम्पेटिसन) हुने भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको केराढोका स्थित सम्राट पार्टी प्यालेसमा प्रतियोगिता आयोजना हुने आयोजकले बताएको हो ।

हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा हुने उक्त प्रतियोगितामा करिव २० स्कुलबाट ६ सय भन्दा वढि विद्यार्थीहरु सहभागि हुने प्रतियोगिताका संयोजक संदिप साहले बताउनु भयो विद्यार्थीहरुलाई संस्कृत ज्ञानको शिक्षा दिलाउने उदेश्यले संचालन गरिने स्वामी विवेकनन्द संस्कृति ज्ञान परीक्षा प्रतियोगिता (क्विज कम्पेटिसन) को प्रथम हुनेले नगर रु ११ हजार, दोश्रो हुनेले रु ७ हजार, तेस्रो हुनेले रु ५ हजार र ५०० जनाले सान्तवना पुरस्कार प्राप्त गर्ने छन् ।

जेठ १ गते विहान ७ बजेबाट सुरु हुने उक्त प्रतियोगिताको तयारी तिव्रताका साथ भैरहेको सम्योजक साहले बताउनु भयो । उहाँको अनुसार हिन्दू स्वयंसेवक संघ नेपालले देखको विभिन्न ठाँउमा यो प्रतियोगता गर्दै आएको छ । जीतपुरमा केही विर्ष पहिले यो प्रतियोगिता आयेजना गरिएको थियो । यसैलाई निरन्तर्ता दिदै जीतपुरमा दोस्रो पटक उक्त कार्यक्रमको आयोजना गरिदै छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय