रौतहटमा सान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्ने,प्रहरी नायव उपरीक्षक गिरी

पछिल्लाे समाचार

अमित ठाकुर।रौतहट।बैशाख २६। पछिल्लो समयमा तस्करी,हत्याहिन्सा,लागुऔषध नियन्त्रण सहित अन्य मुद्दामा बदनाम रहेको रौतहट जिल्ला अहिले नियन्त्रणमा आएका छन्। तस्करीको मामिलामा देशैभरी बदनाम रहेको जिल्लाको कमान्ड लिएको प्रहरी उपरीक्षक दिलिप घिमिरे र प्रहरी नायव उपरीक्षक एलिजा गिरी अहिले जिल्ला तस्कर मुक्त जिल्ला बन्दै गएका छन्। पछिल्लो समयमा तस्करीको मामिलामा बदनाम रहेको रौतहट जिल्ला अहिले प्रहरी उपरीक्षक घिमिरे र प्रहरी नायव उपरअीक्षक गिरी कमाण्डमा तस्करी नियन्त्रण भएका छन्।

रौतहट जिल्लामा पछिल्लो समयमा दलाली चापलुसी भएता पनि जिल्ला प्रहरी कार्यालय रौतहटमा प्रहरी उपरीक्षक घिमिरे र प्रहरी नायव उपरीक्षक गिरीको कमाण्ड सबै थोक नियन्त्रणमा आएका छन्। रौतहट जिल्ला संग साटिएको नेपाल भारत बोर्डर एरिया खुला सिमानाका भएको कारण केही तस्करले लुकिछिपी तस्करी गर्दा पनि बेला बेलामा नियन्त्रणका लागि बिशेष टोलीले नियन्त्रण गरिनै रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक गिरीले बताए। जिल्लामा तस्करी,चोरी लुटपाट,लागुअौषध नियन्त्रण तथा बिक्रीवितरण नियन्त्रण गर्न बेला बेलमा सम्बन्धित युनिटलाई कडा आदेशको भर तथा साथमा बिस्तारै नियन्त्रणमा ल्याई रहेको प्रहरी उपरीक्षक घिमिरेले बताएका छन्।

लगभग ६-७ दशकदेखि बदनाम रहेको रौतहट जिल्लालाई अहिले बिस्तारै हामीले सिस्टममा ल्याएको प्रहरी नायव उपरीक्षक गिरीले बताएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटको हामीले कमाण्ड लिएको लगभग १ महिना हुँन लाग्दा हुण्डी कारोवारी भन्सार छलीका स-समान सहित लगभग १ करोडको हराहारीमा भन्सार बुझाएको प्रहरी उपरीक्षक घिमिरेले बताए। रौतहट जिल्लामा पछिल्लो समयमा खुल्याम तस्करी चलिरहदा कुनै संचारकर्मीको आँखा लागेनन् तर अहिले हाम्रो युनिटले तस्करी नियन्त्रण देखि अन्य अपराधीक घटनाहरुलाई नियन्त्रण गर्न ख‍ोज्दा केही ब्यक्तिको आँखा लागेको प्रहरी उपरीक्षक घिमिरेले बताए।

भन्छन नि ( कागले कान लिएर जाँदैछ) त्यसतो ब्यक्तिको पछाडि हामी लाग्ने छैनौं बिस्तारै जिल्लामा राजनीतिक दबाब नआए हामी सहित हाम्रो युनिट रौतहटलाई बदनाम मुक्त गराउन कुनै कसर बाँकी नराख्ने प्रहरी उपरीक्षक घिमिरेले जिकिर गरे । पछिल्लो समयमा रौतहट के भयो के भएन कस्ले कस्तो कमाण्ड गर्यो त्यो सबै कुरालाई पछ्याउँदै हाम्रो तथा हाम्रो युनिटको कमान्ड अपराधीक घट्ना तस्करी नियन्त्रण, सेवाग्राहीलाई सेवा,दलाललाई निषेध सहित अन्य कुरामा डु एण्ड डाई गर्ने र जिल्लालाई बदनाम मुक्त जिल्ला बनाउने कुनै कसर बाँकी नराख्ने प्रहरी नायव उपरीक्षक गिरीले बताए।

spot_imgspot_img
spot_img

लोकप्रिय